२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा एकैदिन झण्डै ७६ हजार सङ्क्रमित भेटिए

११ भाद्र २०७७, बिहीबार ०७:३८

भदौ ११, नयाँदिल्ली । (रासस/एएनआई)। भारतमा एकैदिन अहिलेसम्मको सबैभन्दा धेरै झण्डै ७६ हजार सङ्क्रमित भेटिएका छन् । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ७५ हजार ७६० जना सङ्क्रमित भएका छन् ।  

योसँगै भारतमा कुल सङ्क्रमितको संख्या ३३ लाख १० हजार २३५ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । त्यसैगरी भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये अहिलेसम्म कुल ६० हजार ४७२ जनाको मृत्यु भएको पनि मन्त्रालयको तथ्याङ्क छ । ती मध्ये एक हजार २३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । 

कुल सङ्क्रमितमध्ये सात लाख २५ हजार ९९१ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रणमुक्त भएकाहरुको संख्या २५ लाख २३ हजार ७७२ पुगेको जनाइएको छ । 

प्रदेश अनुसार हेर्दा भारतमा सबैभन्दा धेरै महाराष्ट्रमा कोरोनाको प्रभाव बढी देखिएको छ । सो प्रदेशमा अहिलेसम्म कुल एक लाख ७३ हजार १९५ जना सङ्क्रमित भएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट