2026-09-12 09:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कैलालीमा निषेधाज्ञा अवधि थप

भदौ १३, सुदूरपश्चिम (रासस) : कोभिड–१९ सङ्क्रमण रोकथामका लागि जिल्ला प्रशासन कार्यालय कैलालीद्वारा जारी गरिएको निषेधाज्ञा यही भदौ १९ गतेसम्म थप गरिएको छ ।

सो कार्यालयद्वारा आज प्रकाशित सूचनामा यही भदौ ४ गतेदेखि जारी निषेधाज्ञाको प्रभाव सकारात्मक देखिएकाले निषेधाज्ञाको अवधि थप गरिएको र आदेशको पूर्ण परिपालना गरी गराइ कोभिड–१९ सङ्क्रमण जोखिम नियन्त्रण गर्ने कार्यमा सहयोग पु¥याउन आग्रह गरिएको छ ।

निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवा तथा वस्तुबाहेकका अन्य व्यापार व्यवसाय सञ्चालन गर्न रोक लगाइएको छ । सुदूरपश्चिम प्रदेशमा शुक्रबारसम्म कोभिड–१९ का कूल सङ्क्रमित पाँच हजार ५९१ जना पुगेकामा सबैभन्दा बढी सङ्क्रमित कैलालीमा एक हजार ६७७ जना पुगेका छन् । यस्तै डोटीमा ९११, अछाममा ८७३, कञ्चनपुरमा ६७३, बाजुरामा ४५२, डडेलधुरामा ३१६, बैतडीमा ३४८, बझाङमा २९७ र दार्चुलामा ४४ सङ्क्रमित पुगेका छन् ।

प्रदेशमा अहिलेसम्म कैलालीका छ, बझाङ र बाजुराका दुई÷दुई तथा अछामका एक गरी ११ जना कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । पछिल्ला दिनमा समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढेपछि प्रदेशका कैलाली, कञ्चनपुरलगायतका जिल्लामा रोगको रोकथामका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

यसैबीच धनगढी उपमहानगरपालिका क्षेत्रमा आइतबारदेखि समुदायस्तरमा कोरोना परीक्षण गर्ने तयारी गरेको उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन