2026-08-26 01:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्दीपको छैटौँ खेल आज राति हुँदै

भदौ १३, काठमाडौँ (रासस) । नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध जमैका तलावाजको क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत आफ्नो छैटौँ खेल आज राति हुँदैछ । सन्दीपको टोली जमैकाले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्ससित राति १२ बजे खेल्नेछ । 

दुवै टोली अङ्क तालिकाको पुछारमा छन् । जमैका अङ्क तालिकाको पाँचौँ स्थानमा छ भने सेन्ट किट्स अन्तिम स्थानमा छ । दुवै टोलीका लागि आजको खेल महत्वपूर्ण छ । मैकाले पाँच खेलमा दुई जीत तथा तीन हारका साथ चार अङ्क जोडेको छ । सेन्ट किट्सले पाँच खेलमा एउटा जीत तथा चारमा हारका साथ मात्र दुई अङ्क जोडेको छ । दुवै टोलीसामु अन्तिम चारमा स्थान बनाउनैपर्ने दवाव छ । 

जमैकाको हालसम्मको खेल प्रदर्शन फितलो रहे पनि सन्दीपले भने आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्दै आउनुभएको छ । उहाँले हालसम्म खेलेका पाँच खेलमा सात विकेट लिनुभएको छ । सन्दीपले सेन्ट लुसियाविरुद्धको पहिलो खेलमा एक विकेट लिनुभएको थियो । उक्त खेलमा उहाँले चार ओभरमा २३ रन खर्चिनुभएको थियो । यस्तै दोस्रो खेलमा समेत सन्दीपले एक विकेट लिनुभएको थियो ।

उहाँले ट्रिनबागो नाइट राइडर्सविरुद्धको खेलमा चार ओभरमा ३० रन दिनुभएको थियो । गुयाना अमेजन वारियर्सविरुद्धको तेस्रो खेलमा सन्दीपले दुई विकेट लिनुभयो । उहाँले सो खेलमा चार ओभरमा आठ रन मात्र खर्चिनुभयो । उक्त खेलमा उहाँले हालसम्मकै उत्कृष्ट खेल देखाउनुभएको थियो । 

यसैगरी आफ्नो चौथो खेलमा सन्दीपले एक विकेट लिनुभयो । गुएना अमेजन वारियर्सविरुद्धको खेलमा उहाँले चार ओभरमा मात्र १२ रन खर्चिनुभयो । यस्तै पाँचाँै खेलमा दुई विकेट लिनुभएको थियो । बर्बाडोस ट्राइडेन्ससितको खेलमा उहाँले चार ओभरमा १६ रन दिनुभएको थियो । हालसम्मका खेलेका खेलमा सन्दीपले निकै किफायती बलिङ गर्नुभएको छ । विपक्षी टोलीका खेलाडीले उहाँको बलमा खासै रन बनाउन सकेका छैनन् । 

यस यामको सिपिएलका लागि जमैका तल्लावाहजले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । उहाँले यसअघि दुई पटक सिपिएल खेलिसक्नुभएको छ । सिपिएल यही भदौ २५ गतेसम्म चल्ने छ ।

सिपिएल खेलेपछि सन्दीप इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्न युनाइटेड अरब इमिरेटस (युएइए) जानुहुनेछ ।यस यामको आइपिएल कोरोना महामारीका भारतमा आयोजना नभएर युएईमा हुँदैछ । सन्दीपले आईपिएलमा दिल्ली क्यापिटल्सबाट खेल्नुहुनेछ । उहाँ दिल्ली क्यापिटल्समा रु ३२ लाखमा अनुबन्धित हुनुभएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग