2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालको स्वास्थ्य सेवानै अप्ठ्यारोमा

भदौ १४, काठमाडौँ | स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को अहिले बढ्दो सङ्क्रमणका कारण नेपालीको स्वास्थ्य सेवा नै अप्ठ्यारोमा परेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दैनिक बढिरहेको सङ्क्रमणलाई रोकथाम र नियन्त्रण गर्न सीमित साधन-स्रोतले गर्नुपरेकाले अप्ठ्यारो परिस्थितिसँग जुध्नुपरेको बताउनुभएको छ । आज मात्र विगत २४ घण्टामा एक हजार २२१ जना सङ्क्रमित फेला परेका छन । तिमध्ये उपत्यकामा मात्र ४२९ जना रहेका छन् भने १४ जना सङ्क्रमणका कारणले निधन भएको छ । 

उहाँले कोभिड–१९ को सङक्रमणबाट समाजलाई बचाउनु सबैको दायित्व रहेकाले सबैले यस कठिन परिस्थितिलाई बुझेर आ-आफ्नो तर्फबाट रोकथाम र नियन्त्रणका लागि गर्न सकिने सहयोग गर्न अनुरोध गर्नुभयो । उहाँले सरकारले आफ्नो स्रोत साधनले भ्याएसम्म राम्रो सेवा प्रदान गर्न खोज्दा खोज्दै पनि कतिपय बेलामा सङ्क्रमितको अपेक्षा पूरा नभएको बताउनुभयो । एक जना सङ्क्रमित व्यक्तिले तीन हजार व्यक्तिसम्म सङ्क्रमण फैलाउन सक्ने भएकाले हामी सबैले सरकारले तोकेको मापदण्ड पूरा गर्नुपर्ने उहाँको भनाइ थियो । 

समन्वय गरेर मात्र रिफर गर्न निर्देशन

मन्त्रालयले सङ्क्रमितको रिफर जथाभावी गरिएको पाइएकाले समन्वय गरेर मात्र गर्न निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता डा गौतमले विभिन्न निजी तथा सामुदायिक अस्पतालले सघन उपचार कक्षमा भएका बिरामी कोभिड–१९ डेडिकेडेट अस्पतालमा रिफर गर्दा समन्वय नगरी रिफर गरिएकाले समन्वय गर्न निर्देशन दिइएको जानकारी दिनुभयो । 

“कतिपय अस्पतालले बिरामी रिफर गर्दा कोभिड–१९ डेडिकेडेट अस्पतालमा श्यया भए, नभएको यकिन नगरी त्यहाँका उपचार गर्ने टिमसँग समन्वय नगरी र स्वास्थ्यकर्मी पनि साथमा नपठाइकन त्यतिकै पठाइएको पाइएको छ”, उहाँले भन्नुभयो, “यसरी समन्वय नगरी पठाइएका बिरामीको ज्यान तलमाथि पर्न गएर रिफर गर्ने अस्पताल नै जिम्मेवारी हुनुपर्ने छ ।” उहाँले रिफर गर्दा श्यया खाली भए, नभएको एकिन गर्नुपर्ने बताउनुभयो । 

यस्तै मन्त्रालयले कोभिड–१९ को व्यवस्थापनमा खटिएका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको क्वारेन्टिनको व्यवस्था सम्बन्धित अस्पतालले गर्न निर्देशन दिएको छ । 

नभाग्न आग्रह

क्वारेन्टिन, आइसोलेशन र अस्पतालबाट भाग्ने गरेको खबरप्रति दुःख व्यक्त गर्दै उपचारमा रहेका सङ्क्रमित भाग्नु खतरा रहेको उहाँले बताउनुभयो । उहाँले आफू, समाज र आफ्ना परिवारलाई सङ्क्रमणबाट जोगाउनका लागि नभाग्न आग्रह गर्नुभयो । 

“अस्पताल, क्वारन्टिन र आइसोलेशनमा घरको जस्तो खानपिन र बस्नेको सुविधा पाउँदैनौ, त्यो पक्कै नै हामीलाई सहज हुँदैन, अहिलेको परिस्थिति त्यस्तो ठाउँमा बस्नु वाध्यता हो”, उहाँले भन्नुभयो, “कुनै व्यक्ति आइसोलेशन, क्वारेन्टिन र अस्पतालबाट भाग्नु भनेको उनी आफैँ आफ्नो परिवार समाजलाई सङ्क्रमणको जोखिममा राख्नु हो, त्यसैले भाग्नु हुँदैन ।” उहाँले सङ्क्रमण फैलन नदिनका लागि सङ्क्रमितका लागि क्वारेन्टिन, अस्पताल र आइसोलेशन नै एक मात्र एउटा उपाय रहेको उल्लेख गर्नुभयो । उहाँले ति ठाउँ भएका सेवा सुविधा सुधार गर्दै जान जिम्मेवार निकायलाई मन्त्रालयले अनुरोध गरिसकेको जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक