Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घाँटीबगरको पहाड फोड्दै नेपाली सेना : भदौभित्रै बाटो निर्माण सकिने

२०७७, १५ भाद्र सोमबार १२:००

नरेन्द्रसिह कार्की, भदौ १५, दार्चुला (रासस) । नेपाली सेनाले घाँटीबगर इलाकामा कडा चट्टान रहेको भीरमा ४६० मिटर गोरेटो बाटो निर्माण गरेको छ । यही भदौ मसान्तभित्रै ५५० मिटर उक्त गोरेटो बाटोको ट्ययाक खोलिसक्ने सेनाको तयारी छ ।

भारतले सडक निर्माणका क्रममा अवरुद्ध रहेको घाँटीबगर क्षेत्रमा बाटो अवरुद्धहुँदा व्यासको छांगरु र तिंकरका बासिन्दालाई आवतजावत गर्न समस्या थियो । गत जेठ ९ गतेदेखि नेपाली सेना परिचालन भएर यो क्षेत्रमा गोरेटो बाटो निर्माणको कार्य अघि बढाइएको हो ।

यो बाटो खुलेसँगै व्यासका बासिन्दालाई जोखिमपूर्ण मानिएको क्षेत्रमा बाटो सहज हुनेछ । व्यासको छांगरु र तिंकरका बासिन्दालाई कार्तिक महिनामा खलंगा कुञ्चा झर्नसमेत सहज हुनेछ । व्यासको छांगरुमा ११७ र तिंकरमा ८७ घरधुरीको बसोबास छ । 

“छिटोभन्दा छिटो काम सक्ने गरी सेनाले घाँटीबगरमा काम गरिरहे पनि मौसम प्रतिकुल नहुनु र कडा चट्टानी भूगोल भएका कारण निर्माण कार्यमा केही ढिलाइ भएको छ”, नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले भन्नुभयो, “आजसम्म ४६० मिटर काम पूरा भएको छ, थप ९० मिटर काम दुई साताभित्र निर्माण भई सक्छ ।” 

उहाँले हरेक दिन सातदेखि १० मिटर लक्ष्य राखेर ट्ययाक खोल्ने काम भइरहेको बताउनुभयो । त्यहाँ कडा चट्टान रहेको बताइएको छ । अहिले २६ ठाउँमा विस्फोट गर्न प्वाल बनाइएको छ । उक्त क्षेत्रमा अहिलेका लागि गोरेटो बाटोमात्र खोले पनि सरकारले दीर्घकालीन रुपमा सडक निर्माण गर्ने निर्णय गरिसकेको छ । 

मन्त्रिपरिषद्को गत वैशाख १४ गतेको निर्णयअनुसार खलंगादेखि घाँटीबगर ६५ किलोमिटरमा तिंकर सडक योजना र घाँटीबगर–तिंकर भञ्ज्याङसम्मको ८७ किलोमिटर सडकखण्ड सेनालाई निर्माणको जिम्मा दिइएको छ ।

पछिल्लो समय विश्वमा फैलिएको कोभिड–१९ का कारण सीमा नाका बन्द हुँदा त्यहाँका बासिन्दाले भारतीय बाटो प्रयोग गर्न पाएका छैनन् । व्यासको छांगरु र तिंकरमा बस्ने नेपालीलाई सदरमुकाम खलंगा कुञ्चा सर्नका लागि पनि घोरेटो बाटो निर्माण आवश्यक भएको व्यास गाउँपालिका वडा नं १ का सचिव विनोदसिंह बुढाथोकीले बताउनुभयो ।

“अहिले बाटो नहुँदा छांगरु र तिंकरका बासिन्दा सदरमुकाम खलंगा आउन पाएका छैनन्, सदरमुकाममा रहेका त्यहाँका पनि गाउँ फर्किन पाएका छैनन्, चाँडो बाटो निर्माण भयो भने स्थानीयलाई आफ्नै भूमि भएर गाउँ जान सहज हुने थियो”, बुढाथोकीले भन्नुभयो । 

सरकारले भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर नक्सा जारी गरेपछि यहाँका बासिन्दा पनि नेपालकै भूमि भएर आवत–जावत गर्न पाए भन्नेमा छन् ।

उनीहरुले अहिलेसम्म नेपाल सरकारले व्यास पुग्ने बाटो निर्माणमा महत्व नदिँदा व्यासीले समस्या झेल्नुपरेको व्यास–१ का बासिन्दा जगदीशप्रताप ऐतवालले बताउनुभयो । पञ्चायतकालमा भारतीय नागरिक पनि नेपालकै यही गोरेटो बाटो भएर व्यासहुँदै कैलाश मानसरोवर दर्शनका लागि जाने गरेका उहाँले सुनाउनुभयो ।

व्यासीहरु हरेक वर्ष छ महिना व्यास र छ महिना सदरमुकाम खलंगा बस्ने गर्छन् । खलंगाको गर्मी छल्न चिसो ठाउँ उक्लिएका व्यासी चिसो बढेपछि पुनः कार्तिकमा खलंगा झर्ने तयारी हुन्छ ।

विगतमा उनीहरुले भारतीय बाटोहुँदै गाउँ जाने गरेका थिए । व्यासको छांगरु र तिंकर पुग्न नेपाल तथा भारत दुवैतर्फको प्रशासनको अनुमति लिनुपर्ने बाध्यता थियो । नेपाली भूमि भएर घोरेटो बाटोको ट्ययाक खुलाउन सके स्थानीयले आफ्नै भूमि भएर बरु चार दिन लगाएर भएपनि आवतजावत गर्ने ऐतवाल बताउनुहुन्छ । 

सरकारले २०६५ सालमा महाकाली लोकमार्गको दार्चुला–तिंकर सडकखण्ड निर्माण गर्ने योजना बनाए पनि त्यसलाई महत्व दिएको थिएन । एक सय ३४ किलोमिटर लम्बाई रहेको उक्त लोकमार्ग चीनको सीमा नजिक तिंकर भञ्जाङसम्म पुग्छ । उक्त लोकमार्ग निर्माणको १२ वर्ष पुग्दा मुस्किलले ४७ किलोमिटर सडकको ट्ययाक खोलिएको छ । 

भारततर्फ पिथौरागढ जिल्लाको धार्चुलाबाट सिधै कालापानीसम्म गाडी चल्ने गरी दुई लेनको सडक निर्माण भइरहेको छ । नेपालतर्फको बाटोबाट हिँडेर छाङरु पुग्न अहिले चार दिन लाग्छ । चार दिन लाग्ने गोरेटो बाटो पनि कठीन छ र बीचमा राति बास बस्ने ठाउँको अभाव छ । घाँटीबगरमा बाटो सञ्चालन भए पनि तम्बाकु, कल्जुलगायतका क्षेत्रमा अहिले घोरेटो बाटो अवरुद्ध रहेको वडासचिव बुढाथोकीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी