२०८३, २३ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘अस्पताल उपचार गर्ने ठाउँ हो, सिल गर्ने होइन’

२०७७, १६ भाद्र मंगलवार ०१:५८

भदौ १६, काठमाडौँ | जिल्लाका स्वास्थ्य संस्था मात्र होइन, काठमाडौं उपत्यकाकै सरकारी एवं निजी अस्पताल सिल गर्नु नौलो मानिन छाड्यो। त्रिवि शिक्षण अस्पताल, काठमाडौं मेडिकल कलेज, निदान अस्पताल पनि सिल गरिए। सिल गर्नुको कारण सोध्दा अस्पताल व्यवस्थापकको सहज उत्तर हुन्छ, ‘संक्रमण नफैलियोस् भनेर।’

सरकारले कोरोना संक्रमितको उपचार गर्न मुलुकभरका सबै अस्पताललाई निर्देशन दिएको छ। तर, अस्पताल नै सिल भएपछि उपचार गर्न कहाँ जाने ? विज्ञ भन्छन्, ‘अस्पताल उपचार गर्ने ठाउँ हो, सिल गर्ने होइन।’

कोरोना उपचारमा संलग्न पहिलो शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु हालसम्म सिल गरिएको छैन। अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारी भन्छन्, ‘हामीले अस्पताल सिल पनि गरेका छैनौं। उपचारमा संलग्न स्वास्थ्यकर्मी पनि संक्रमित भएका छैनन्।’ टेकु अस्पतालले सुरक्षा मापदण्ड अपनाएर सेवा दिइरहेका बेला काठमाडौंकै केही सरकारी एवं निजी अस्पताल बेलाबखत सिल गरिएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या पहिले प्रधानमन्त्रीले यस्तै गर्दा हामीले रोक्न सक्यौँ तर अहिले सकेनौँ किनकि त्यो अध्यादेश बनेर गयो: गगन थापा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक एमाले अध्यक्ष ओलीले आज सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग छलफल गर्दै गगन थापाले पार्टीका तर्फबाट सांसदहरूलाई प्रशिक्षण दिने सुनचाँदीको मूल्य बढ्यो बीपी राजमार्गमा राति सवारी चलाउन रोक विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई पक्राउ सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन सर्वोच्चको आदेश वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिस मन्त्रिपरिषद् बैठक जारी राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी वर्षाका करण पहिरो खस्दा देशका विभिन्न क्षेत्रका मुख्य राजमार्ग अवरुद्ध नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु बागमती खोला तर्ने क्रममा अचानक आएको भेलले बगाउँदा एक जनाको मृत्यु सुनचाँदीको मूल्य घट्यो