साउन १२, काठमाडौँ । लामो सयमपछि नेपाल ट्रष्ट कार्यालयलाई पूर्व राजपरिवारको नाममा रहेका जग्गा, जमिन तथा घरलाई संरक्षण गर्दै भाडामा लगाई आयआर्जन गर्न बाटो खुला भएको छ । 

ट्रष"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १२, काठमाडौँ । लामो सयमपछि नेपाल ट्रष्ट कार्यालयलाई पूर्व राजपरिवारको नाममा रहेका जग्गा, जमिन तथा घरलाई संरक्षण गर्दै भाडामा लगाई आयआर्जन गर्न बाटो खुला भएको छ । 

ट्रष"/>

2026-07-24 11:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्व राजपरिवारका जग्गा भाडामा लगाइने

साउन १२, काठमाडौँ । लामो सयमपछि नेपाल ट्रष्ट कार्यालयलाई पूर्व राजपरिवारको नाममा रहेका जग्गा, जमिन तथा घरलाई संरक्षण गर्दै भाडामा लगाई आयआर्जन गर्न बाटो खुला भएको छ । 

ट्रष्ट स्थापनाको करिब नौ वर्षपछि सो कार्यालयले आफ्नो विनियमावली तयार गरी कार्यान्वयनमा ल्याएपछि सो कार्यका लागि मार्ग प्रशस्त भएको हो । विनियमावलीको अभावमा ट्रष्टलाई आफ्नो नाममा आएका पूर्व राजपरिवारका सम्पत्ति जग्गा, जमिन तथा घरलाई संरक्षण गर्दै भाडामा लगाई आयआर्जन गर्न सकिएको थिएन । 

ट्रष्टका सचिव भीम उपाध्यायका अनुसार स्वर्गीय राजा वीरेन्द्रको नाममा रहेका करिब २५ हजार ६०० रोपनी जग्गा आफ्नो नाममा ल्याएको छ । यसैगरी ट्रष्टले विभिन्न स्थानमा रहेका सातवटा दरबारलाई सर्वसाधारण तथा पर्यटकलाई अवलोकन गर्न खुला गरेको छ । 

“विनियमावली लागू भएपछि अव पूर्व राजपरिवारका ती जग्गा, जमिन तथा सम्पत्तिलाई भाडामा लगाई आयआर्जन गर्न ट्रष्टलाई मार्ग प्रशस्त भएको छ । जग्गा जमिन तथा सम्पत्तिलाई भाडामा लगाउन सुरु गर्छांै ।” उनले भने । 

आय आर्जनबाट ट्रष्टले नेपाल ट्रष्ट कार्यक्रम अन्तर्गत शैक्षिक, प्राज्ञिक तथा स्वास्थ्य सञ्चालन गर्न कार्यविधि समेत तयार गरी लागू गरेको छ । सो कार्यविधिमा दुर्गम क्षेत्रमा विद्यालय, महाविद्यालय वा विश्वविद्यालय सञ्चालन गर्न, छात्रवृत्तिको व्यवस्था गर्न, शिक्षण संस्थालाई अनुदान दिन सक्ने सचिव उपाध्यायले जानकारी दिए । 

पहिलो पटक स्वीट भवन बन्दै 

नेपाल ट्रष्ट कार्यालयले नेपाल भ्रमण आउने अतिविशिष्ट पाहुनालाई राख्न भवन (स्विट) निर्माण गर्ने प्रस्ताव अघि सारेको छ । आफ्ना नाममा आएका पूर्व राजपरिवारका जमिनमा नेपाली मौलिक कला र संस्कृतिअनुसार अत्याधुनिक सुविधा सम्पन्न २५ वटा भवन निर्माण गर्ने प्रस्ताव कार्यालयले सरकारसमक्ष राखेको छ । 

“सो प्रस्ताव स्वीकृत भएपछि हामी भवन निर्माणको कार्य सुरुवात गछौँ,” उनले भने । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा असार ३१ गते शुक्रबार बसेको नेपाल ट्रष्ट सञ्चालक समितिको ३९ औ बोर्ड बैठकमा ट्रष्टले यस्तो प्रस्ताव अघि सारेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक