2026-09-12 09:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घाँटीबगर क्षेत्रमा काम गर्ने मजदुरको ढुङ्गा लागेर मृत्यु

भदौ १९, दार्चुला (रासस) : महाकाली लोकमार्गअन्तरर्गत तिंकर सडकको घाँटीबगर क्षेत्रमा घोेरेटो बाटो निर्माणमा संग्लन एक मजदूरको ढुङ्गा लागेर मृत्यु भएको छ ।

नेपाली सेनाले गत जेठ ९ गतेदेखि निर्माण गरिरहेको घाँटीबगर क्षेत्रमा काम गर्दै आउनुभएका व्यास गाउँपालिका–५ धौलाकोटका ३७ वर्षीय दिवानसिह धामीको मृत्युभएको हो ।

आज बेलुकी ५ः०० बजेतिर घाँटीबगर क्षेत्रमा बाटो खन्ने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर धामी गम्भीर घाइते हुनुभएको थियो ।

घाइते धामीलाई साढे ७ः०० बजे नेपाली सेनाको हेलिकप्टरमार्फत जिल्ला अस्पताल पु¥याइए पनि उहाँको बाटोमै मृत्यु भइसकेको जिल्ला अस्पतालका सूचना अधिकारी डम्मरदत्त भट्टले बताउनुभयो ।

अध्यारो भइसकेका कारण घाइते धामीलाई बाहिर जिल्ला उपचारका लागि लिन नसकिएको दुर्गादल गुल्मका गुल्मपति विक्रमदेव थापाले बताउनुभयो ।

राति भएका कारण जिल्ला अस्पताल पु¥याइएको थियो । नेपाली सेनाले यो क्षेत्रमा साढे पाँच सय मिटरमध्ये झण्डै ८० मिटर मात्रै बाटोको ट्ययाक खोल्न बाँकी छ ।

कडा चट्टानी भूगोल रहेको यो क्षेत्रमा सेनाले बाटो खोल्ने जिम्मेवारी पाएको थियो । बाटो खोलेपछि यो क्षेत्रमा व्यासका नागरिकलाई आवतजावत गर्न सहज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन