2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोभिड–१९ सङ्क्रमणबाट बच्न आजदेखि स्वयम्सेवक परिचालन

भदौ २०, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकाका १३ स्थानमा कोभिड–१९ को रोकथाम र नियन्त्रणसम्बन्धी जनचेतना जगाउन आजदेखि स्वयम्सेवक परिचालन गरेको छ । मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण फैलिएकाले ती स्थानका समुदायलाई चेतनामूलक कार्यक्रम गर्न स्वयम्सेवक परिचालन गरिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । 

ती स्थानमा गई स्वयम्सेवकले कोभिड–१९ बाट बच्नका लागि जनसमुदायलाई जनचेतनामूलक कार्यक्रममार्फत आग्रह गर्नेछन् । उपत्यकामा दैनिक सङ्क्रमण बढिरहेकाले मन्त्रालयले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेको हो । शुक्रबार मात्र ४५४ जनामा सङ्क्रमण देखिएको थियो ।  

एउटा गाडीमा जनस्वास्थ्यका दुई, स्काउटका दुई र मन्त्रालयका दुई कर्मचारी गई बढी भीड हुने ठाउँमा कोभिड–१९ बाट बच्न र बचाउन जनचेतना जगाउने उहाँले बताउनुभयो । कोटेश्वर, कालीमाटी, नयाँ बसपार्क, बल्खु, चावहिल, रत्नपार्क, मैतिदेवी, महाराजगञ्ज, पाटन, लगनखेल, ग्वार्को, सातदोबाटो र भक्तपुरका सबै नगरपालिकामा स्वयम्सेवक परिचालन गरी कोभिड–१९ का बारेमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ । 

उहाँका अनुसार करीब एक हप्ता स्वयम्सेवकले जनचेतनासम्बन्धी जागरण कार्यक्रम सञ्चालन गरिनेछ । “बढी भीड हुने ठाउँमा स्वयम्सेवक गएर कोभिड–१९ बाट बच्न र बचाउने उपायबारे माइकिङ गर्नेछन्”, उहाँले भन्नुभयो, “त्यस्ता ठाउँमा रहेका मानिसलाई मास्क र सानिटाइजर प्रयोग गर्नसमेत सिकाउनेछन् ।” 

स्वयम्सेवकले जनस्वास्थ्य प्रवद्र्धनसम्बन्धी कार्यक्रम सञ्चालन गर्नाका साथै कोभिड–१९ सम्बन्धी स्वास्थ्य शिक्षा सामग्रीसमेत वितरण गर्नेछन् । मन्त्रालयले स्वयम्सेवक परिचालनका लागि आवश्यक सहयोग र समन्वय काठमाडाँै, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको छ । रासस 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक