2026-07-25 12:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेजनले अमेरिकामा विदेशी बीउको बिक्रीमा प्रतिबन्ध लगायो

भदौ २१, सान फ्रान्सिस्को । (रासस/एएफपी)। हजारौं अमेरिकीहरूले आफूले आदेश नगरेको बीउको प्याकेटहरू प्राप्त गरिको समाचार सार्वजनिक भएपछि ‘अनलाइन’ व्यापार गर्ने अमेरिकी कम्पनी ‘अमेजन’ले संयुक्त राज्य अमेरिकामा आयात गरिएको बीउको बिक्रीमा प्रतिबन्ध लगाएको छ । 

अमेरिकामा खासगरी चीनलगायत विदेशबाट आएका बन्द पोकाहरूभित्र माग नभएका शङ्कास्पद विउका दाना भेटिएका विवरणपछि ‘अमेजन’ को यो निर्णय आएको बताइएको छ । “हामीले केवल अमेरिकी कम्पनीहरूबाट उत्पादित बीउको बिक्रीलाई अनुमति दिइरहेका छौं,” विशाल अनलाइन विक्री सेवा प्रदायक कम्पनीले शनिबार जारी एक विज्ञप्तिमा उल्लेख छ । 

गत जुलाईको अन्त्यतिर अमेरिकी कृषि विभागले विदेशबाट माग नगरिएका विउका पोकाहरू अमेरिकी कृषकहरूसम्म पुगेको जानकारी प्राप्त भएको र यस्ता वियले अमेरिकी कृषि षेत्रलाई खतरा उत्पन्न गर्ने भन्दै त्यस्ता विउ नलगाउन कृषकलाई निर्देशन गरेको थियो ।

शङ्कास्पद पोका (पाकेट) हरू खोलेर हेर्दा पुदीना, रायो, गुलाबलगायत विभिन्न १४ प्रजातीका साग तथा फूलको विउ भेटिएको विभागले दावी गरेको छ । कृषि विभागले १२ अगस्टमा जारी एक विज्ञप्तिमा भनिएको छ, “यस समयमा हामीसँग यो ‘विउलाई विस्थापन गर्ने हौवा’ बाहेक अरु केहि हो भन्ने कुनै प्रमाण छैन ।  कहिलेकाहीँ विक्रेताहरूबाट केही यस्ता अनावश्यक चीजहरू प्राप्त हुन्छन् जसले बिक्रीलाई बढावा दिन गलत ग्राहक समीक्षा पठाइदिन्छन् ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक