2026-07-25 04:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसी खोपको प्रारम्भिक विवरण सार्वजनिक, सानो संख्यामा खोप परीक्षण

भदौ २१, मस्को,  (रासस–एपी) –– नयाँ कोरोनाभाइरसको खोप निर्माण गरिसकेको दाबी गरेको रसियाले खोपसम्बन्धी विवरण शुक्रबार प्रकाशन गरेको छ । रुसी वैज्ञानिकहरुले “स्पुटनिक भी” नामको नयाँ खोपको प्रारम्भिक चरणका परीक्षणको विवरण सार्वजनिक गरेका हुन् । 

रुस सरकारले यो खोपलाई गत अगष्ट ११ मै स्वीकृति दिइसकेको छ । नयाँ खोपसम्बन्धी विवरण सार्वजनिक भएलगत्तै उक्त खोपका बारेमा विज्ञहरुले विभिन्न प्रतिक्रिया दिएका छन् । उनीहरुको भनाईमा केही दर्जन व्यक्तिलाई मात्र खोप दिइएकाले यसको विश्वसनीयता शंकाको घेरामा रहेको छ । 

गत शुक्रबार बेलायती मेडिकल जर्नल दी ल्यान्सेटमा प्रकाशित रिपोर्टमा खोप दिइएका ४० जनामा एन्टीबडी निर्माण भएको र तीन साताभित्र पुनः परीक्षण गर्न उनीहरुमा कोरोनाभाइरस नदेखिएको उल्लेख छ । तर लेखकहरुका अनुसार खोप दिइएका व्यक्तिलाई ४२ दिनसम्म मात्र अनुगमन गरिएको थियो । अध्ययनमा समेटिएको संख्या ज्यादै सानो भएको र नियन्त्रण खोप (कन्ट्रोल भ्याक्सिन) नदिइएको पनि रिपोर्टमा उल्लेख छ । 

यस अध्ययनमा सहभागीहरु सबै पुरुष रहेका र उनीहरु २० र ३० वर्षको हाराहारीका व्यक्ति थिए । त्यसैले कोरानाभाइरसबाट सबैभन्दा बढी जोखिममा रहेका बयस्क वा वृद्ध व्यक्तिहरुलाई यो खोपले काम गर्छ भन्नेमा प्रशस्त आशंका रहेको छ । 

अन्तर्राष्ट्रिय विज्ञहरु भने यस खोपको प्रभावकारीता र सुरक्षामाथि निकै सचेत देखिएका छन् । तैपनि, खोप निर्माता रुसी अधिकारीहरु भने खोपले देखाएको प्रभावकारिताबाट निकै खुशी देखिएका छन् । 

मस्कोस्थित गामालेया इन्स्टिच्यूटका निर्देशक प्राध्यापक अलेक्जान्डर गिन्ट्सबर्गले मस्कोमा आयोजित पत्रकार सम्मेलनमा नयाँ खोपले मानिसमा पर्याप्त प्रतिरोधी क्षमता विकास गरेको दाबी गर्नुभयो । 

ल्यान्सेटमा प्रकाशित प्रतिवेदन अनुसार, खोपको परीक्षण रुसका दुई वटा अस्पतालमा गरिएको थियो जसमा १८ देखि ६० वर्षका स्वस्थ व्यक्तिलाई समावेश गरिएको थियो । परीक्षणका लागि नाम लेखाएका व्यक्तिलाई अलग राखिएको थियो । खोप लगाइएपछि उनीहरुलाई २८ दिनसम्म अस्पतालमै राखिएको थियो ।

रुसले विकास गरेको खोपमा प्रयोग गरिएको प्रविधि चीनको क्यान–साइनो बायोलजिक्स र बेलायतको अक्सफोर्ड विश्वविद्यालय तथा अस्ट्राजेनिकाले संयुक्तरुपमा विकास गरिरहेको खोपजस्तै छ । 

रुसी अनुसन्धाताहरुले खोपमा सहभागी सबै ४० जनामा एन्डीबडी विकास भएको र यसले संक्रमण रोक्न मद्दत गर्ने जनाएका छन् ।

यो खोप लगाएकाहरुमा खोप लगाइएको ठाउँमा हुने दुखाई, ज्वरो, टाउको दुख्ने र मांसपेशी वा जोड्नी दुख्ने समस्या देखिएको छ । 

जोन्स हप्किन्स ब्लूमबर्ग जनस्वास्थ्य विद्यालयका डा नाओर बार–जीभले सानै भएपनि रुसी खोप उत्साहजनक रहेको प्रतिक्रिया दिनुभएको छ । 

रुसी सरकारले गत अगष्ट ११ मा ठूलै कार्यक्रमबीच खोपलाई सरकारी मान्यता दिएको थियो । राष्ट्रपति भ्लादिमिर पुटिनले खोप निर्माण भएको बारे राष्ट्रिय टेलिभिजनबाटै घोषणा गर्नु भएको थियो । उहाँले यस्तो खोप आफ्नी छोरीले लगाइसकेको र यसले रोगप्रतिरोधी क्षमता विकास गरेको बताउनुभएको थियो । 

त्यसयता रुसका धेरै उच्च पदाधिकारीले खोप लिएको बताएका छन् । मस्कोका मेयर सर्गेई सोब्यानिन र रक्षा मन्त्री सर्गेई सोइगु समेतका अरु पदाधिकारीले यस्तो खोप लिएका छन् । 

विश्व स्वास्थ्य संगठनले खोप दिइएका व्यक्तिका बारेमा थप विवरण प्राप्त गर्न रुसी अधिकारीहरुसँग परामर्श गरिरहेको जनाएको छ । तर शुक्रबार संगठनका प्रवक्ता डा मार्गरेट ह्यारिसले रुसले सम्पूर्ण विवरण उपलब्ध गराइनसकेको बताउनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध र सशक्त बनाउनुपर्छ : पुष्पकमल दाहाल भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली