Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

रसुवामा करेन्ट लागेर एक चालकको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ २२, रसुवा (रासस) । स्काभेटरलाई विद्युुत् तारले छुँदा करेन्ट लागेर आज एक चालकको निधन भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा  उत्तरगया गाउँपालिका वडा नं ५ लहरे निवासी २५ वर्षीय  दिनेश श्रेष्ठ  छन् ।

घटनालगत्तै उपचारका लागि उनलाई रसुवा अस्पताल पु¥याइए पनि निधन भइसकेको रसुवा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट  डा अनिलकुमार खरेलले जानकारी दिनुभयो ।

बिहान ट्रकमाथि राखेर स्काभेटर  स्याफ्रुबेँसीतर्फ लाँदै गर्दा गोसाइँकुण्ड गाउँपालिका वडा नं ५ खोपाङ भीरमा सो दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

राजमार्ग छेउमा रहेको धुञ्चे –स्याफ्रु ११ केभी विद्युत् प्रसारण लाइन तारमा मेशिनले कसरी छुन गयो भन्ने सम्बन्धमा प्रहरी अनुसन्धान शुरू गरिएको बताइएको छ  ।