२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘स्वरोजगारका लागि ल्याइएका नीतिलाई सरल बनाइने’

२०७७, २२ भाद्र सोमबार १२:५९

भदौ २२, काठमाडौँ (रासस) : युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले युवालाई स्वरोजगार बनाउन ल्याइएका नीतिलाई सरल बनाइने बताउनुभएको छ ।

राष्ट्रिय युवा परिषद्ले आज आयोजना गरेको स्वरोजगार कोषमा युवाका अवसर विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रममा उहाँले स्वरोजगार बनाउनका लागि भएका नीतिगत समस्यालाई चाँडै संशोधन गरेर युवालाई बजेट अनुसार स्वरोजगारमुखी बनाइने बताउनुभयो । यस आर्थिक वर्षमा सङ्घ र प्रदेशले करिब रु ७६ अर्ब युवाका लागि बजेट विनियोजन गरेको छ । 

उहाँले बजेटअनुसार युवालाई जोड्ने कार्य सरकारले गरिरहेको समेत जानकारी दिनुभयो । “विकास र समृद्धिको मेरुदण्ड युवा भएकाले ति युवालाई स्वदेशमा नै कसरी परिचालन गर्ने भन्नेमा सरकार रहेको छ”, उहाँले भन्नुभयो, “युवा नीति श्रम, सीप र उत्पादनसँग जोड्ने गररेर ल्याइने छ,  मुलुकको विकासका लागि युवालाई राष्ट्रिय उत्पादनसँग जोडिने छ ।”

उहाँले कोरोना भाइरस (कोभिड–१९)का कारणले युवालाई स्वरोजगार बनाउने काम सूचारु हुन नसकेको भन्दै कोभिड–१९ को सामान्य अवस्था आउने बित्तिकै युवाका क्षेत्रमा काम हुने धारणा राख्नुभयो । उहाँले कोभिड–१९ को कारणले विश्वभर रोजगार गुमाएका युवा नेपाल फर्किएकाले ति युवालाई स्वरोजगार बनाउने चुनौति रहेको बताउनुभयो । 

कार्यक्रममा राष्ट्रिय  युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले एकिकृतरुपमा समन्वय गरेर युवालाई स्वरोजगार बनाउने कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले युवालाई तालीम तथा ऋण प्रवाह गरेर मुलुकमा नै स्वरोजगार बनाइने बताउनुभयो । 

उहाँले युवाका क्षेत्रमा काम गर्ने सरकारी निकाय एकै मातहत भए परिमाण निकाल्न सजिलो हुने बताउनुभयो । उहाँले  सरकारले घोषणा गरेका युवालाई स्वरोजगार बनाउने कार्यलाई प्रभावकारी कार्यन्वयनका लागि परिषद्ले दबाव दिने जनाउनुभयो ।

गरिबी निवारण कोषका उपाध्यक्ष निर्मल भट्टराईले यस आर्थिक वर्षमा एक लाख ५० हजार युवालाई स्वरोजगार बनाइने बताउनुभयो । यसका लागि कोषले रु १९ अर्ब बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो । उहाँले एकिकृतरुपमा स्वरोजगार बनाउने कार्यक्रम गर्न सके प्रभावकारीरुपमा हुने बताउनुभयो । 

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीइभिटी)का उपाध्यक्ष खगेन्द्र अधिकारीले युवालाई तालिम दिएर परिषद्ले स्वरोजगार बनाउने गरेको बताउनुभयो । उहाँले यसवर्ष २३ हजार युवालाई तालिम दिएर स्वरोजगार बनाउने उल्लेख गर्नुभयो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेस्फुन)का अध्यक्ष परितोष पौडेलले स्वरोजगार हुन चाहने युवालाई आफूहरुले ऋण प्रवाह गरिरहेको बताउनुभयो । उहाँले ३५ हजार युवालाई प्रत्यक्ष रुपमा नेस्फुनले ऋण प्रवाह गरिरहेको जानकारी दिनुभयो । 

युवा तथा साना स्वरोजगार कोषका उपाध्यक्ष डा. कल्याण रोकाले कृषि क्षेत्रलाई प्राथमिकता दिएर कोषले ऋण उपलब्ध गराउने बताउनुभयो । उहाँले पहिले सहकारीमार्फत युवालाई ऋण प्रवाह गरेपनि अब अन्य किसिमले ऋण प्रवाह गरिने बताउनुभयो । उहाँले स्वरोजगरामार्फत अन्यलाई रोजगार बनाउन सक्ने जो सुकैलाई पनि ऋण प्रवाह गर्न सहयोग गर्ने जनाउनुभयो । यस वर्ष कोषले १२ हजार युवालाई स्वरोजगार बनाउने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो