२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फाइनल प्रवेशका लागि सन्दीप सम्मिलित जमैका आज भिड्दै, कति बजे हुदैछ खेल ?

२०७७, २३ भाद्र मंगलवार ११:५१

भदौ २३, काठमाडौँ | लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाज ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल)को फाइनल प्रवेशका लागि आज भिड्ने भएको छ । जमैकाले राति ७:४५ बजे सीपीएलको शीर्ष स्थानको टोली ट्रिनबागो नाइट राइडर्ससित सेमिफाइनल खेल खेल्नेछ । नाइट राइडर्स समूह चरणको सबै खेलमा विजयी हुँदै सेमिफाइनल प्रवेश गरेको हो भने जमैका चौथो स्थानमा रहँदै सेमिफाइनलको यात्रा तय गर्न पुगेको हो । 

उक्त खेलमा हालसम्मको खेल प्रदर्शनका आधारमा सन्दीपले जमैकाको तर्फबाट बलिङ गर्न पाउने निश्चित जस्तै छ । उहाँले समूह चरणका सबै खेलमा बलिङ गर्ने अवसर पाउनुभयो । सन्दीपले नौ खेलमा १२ विकेट लिइसक्नुभएको छ । शीर्ष स्थानको नाइट राइडर्सका लागि ब्याटिङ फाइनल पुग्ने आधार हो भने जमैकाको बलिङ मजबुत छ । त्यसमा मुख्य गरी जमैका बलिङका लागि सन्दीप र अफगानिस्तानका खेलाडी मुजिबउर रहमान माथि निर्भर रहने छ । 

नाइट राइडर्सले ब्याटिङकै सहारामा सेमिफाइनलसम्मको यात्रा तय गरेको हो । यद्यपि उसको बलिङलाई पनि कम आँक्न मिल्दैन । ब्याटिङमा नाइट राइडर्स डेरेन ब्राभो, लेन्डले सिमोन्स, कलिन मुनरो, कप्तान केरोन पोलार्ड, डिवाने ब्राभो र सुनिल नराइनेमाथि निर्भर रहने छ । कलिन मुनरो र डिवाने ब्राभोले समूह चरणका खेलमा दुई दुई अर्ध शतक प्रहार गर्नुभएको छ । डेरेन, सिमोन्स, पोलार्ड, डिवाने । सुनिलले पनि अर्ध शतक हानिसक्नुभएको छ । डेरेन ब्राभोले समूह चरणका १० खेलमा २३९ रन बनाउनुभएको थियो । यस्तै सिमोन्सले नौ खेलमा २१८ रनको योगदान दिनुभएको थियो ।  

जमैका भने ब्याटिङका लागि जेरमिन ब्ल्याकउड, आन्द्रे रसेल, ग्लेन फिलिप्समाथि भर पर्ने छ । आन्द्रे रसेलले समूह चरणका १० खेलमा तीन अर्धशतक प्रहार गर्नुभएको थियो । यस्तै ब्ल्याकउड र फिलिप्सले एक एक अर्धशतक बनाउनुभएको थियो । फिलिप्सले समूह चरणका १० खेलमा जमैकाका लागि ३१४ रनको योगदान दिनुभएको थियो । आन्द्रे रसेलले आठ खेलमा २२० रन बनाउनुभएको थियो । 

यसैगरी नाइट राइडर्स जमैकाविरुद्धको सेमिफाइनलमा समूह चरणका खेलमा जस्तै बलिङका लागि फवार्ड अहमद, डिवाने ब्राभो, जेडेन सेल्स, सिकन्दर राजा र खेइरे पियरेमाथि निर्भर रहने छ । फवार्डले समूह चरणका १० खेलमा १०, ब्राभोले ९, सेल्सले ८ तथा सिकन्दर र पियरेले सात सात विकेट लिइसक्नुभएको छ । 

यस्तै जमैका भने समूह चरणका खेलमा जस्तै मुख्यतया सन्दीप लामिछाने र मुजिबउर रहमानमाथि भर पर्ने छ । रहमानले हालसम्म सीपीएलमै सर्वाधिक १५ विकेट लिनुभएको छ । यस्तै सन्दीपले १० खेलमा १२ विकेट लिनुभएको छ । उनी सीपीएलकै सबैभन्दा किफायती बलर हुन् । यस्तै जमैकाका लागि कार्लोस वर्थह्वाइट र फिडेल इडवार्ड भरपर्दा बलर हुन् । कार्लोसले समूच चरणका १० खेलमा १० तथा इडवार्डले नौ विकेट लिनुभएको थियो । 

समूह चरणका सबै खेलमा अपराजित रहेको नाइट राइडर्सको मनोबल उच्च रहेको छ । उसले समूह चरणका दुवै खेलमा जमैकालाई पराजित गरेको थियो । नाइट राइडर्स आफूलाई उपाधिको प्रमुख दाबेदारका रुपमा प्रस्तुत गरिसकेको छ । यस्तो अवस्थामा जमैकाले फाइनल प्रवेशका लागि  यसअघिका खेलहरुमा ब्याटिङमा गरेको गल्ती सुधार गर्नुपर्ने छ अन्यथा उसको उपाधि चुम्ने इच्छा सहजै पूरा हुने देखिँदैन । यद्यपि विगतमा जस्तै सन्दीप र मुजिबउर रहमानले बलिङमार्फत नाइट राइडर्सको पारी ध्वस्त पारेको खण्डमा सीपीएलको उपाधि नजिक पुग्नबाट जमैका पनि टाढा रहने छैन । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ