२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सक्रिय संक्रमित दिन प्रतिदिन घट्दै

२०७७, २४ भाद्र बुधबार ०२:३६

भदौ २४, काठमाडौं । मंगलबार अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित डिस्चार्ज भएका छन् । एकै दिन २ हजार २ सय ८७ जना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म कुल संक्रमितमध्ये ६८ दशमलव ४७ प्रतिशत डिस्चार्ज भएका छन् । ३२ हजार ९ सय ६४ संक्रमित निको भएर घर फर्किसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो साता सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । मंगलबारसम्म देशभर १४ हजार ८ सय ६८ सक्रिय संक्रमित उपचाररत छन् । गत बिहीबार १८ हजार ४ सय १३, शुक्रबार १८ हजार ४ सय ४, शनिबार १७ हजार ८ सय ७० सक्रिय संक्रमित उपचाररत थिए ।

यस्तै, गत आइतबार १७ हजार २७, सोमबार १६ हजार २ सय ५९ जना सक्रिय संक्रमित आइसोलेसनमा उपचाररत थिए । डिस्चार्ज हुनेको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या घट्दै गएको हो ।

देशभर मंगलबार थप ९ सय २ जनामा कोरोना संक्रमण देखिएको छ । योसहित संक्रमित हुनेको संख्या ४८ हजार १ सय ३८ जना पुगेको छ । यो खबर आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो