२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ज्येष्ठ नागरिकलाई डिजिटल साक्षरता दिनुपर्ने आवाज अन्तर्राष्ट्रिय मञ्चमा

२०७७, २४ भाद्र बुधबार ११:१४

भदौ २४, काठमाडौँ। यसवर्षको ‘युनेस्को अन्तर्राष्ट्रिय साक्षरता पुरस्कार २०२०’ प्राप्त ‘एजिङ नेपाल’का संस्थापक अध्यक्ष कृष्णमुरारी गौतम (चट्याङ मास्टर)ले ज्येष्ठ नागरिकलाई डिजिटल साक्षरबाट बिमुख राख्न नहुने धारणा अन्तर्राष्ट्रिय जगत्सँग राख्नुुभएको छ । 

अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) मुख्यालयद्वारा गए राति आयोजित भर्चुअल समारोहमा नेपालका तर्फबाट गौतमलाई विशेष वक्ताका रुपमा सम्बोधन गर्न समय दिइएको थियो । विगत १० वर्षदेखि ६० वर्षमाथि उमेरका शहरी क्षेत्रका ज्येष्ठ नागरिकको आधारभूत शिक्षा क्षेत्रमा कार्यरत सो संस्थाका अध्यक्ष गौतमले भन्नुुभयो, “ज्येष्ठ नागरिकलाई अहिलेको आधुनिक समाजमा डिजिटल साक्षरताका लागि सहजीकरण गर्नुपर्छ, यदि त्यसो गर्न नसकिएमा आधूूनिक सूचना प्रविधिको लाभबाट ज्येष्ठ नागरिक बञ्चित हुनेछन्, उनीहरुले समाजमा आफूलाई एक्लो र अपमानित महसुस गर्नेछन् ।”


युनेस्को मुख्यालयले हरेक वर्ष विश्वभरबाट छानिएका मध्येलाई ८ सेप्टेम्बरका दिन विभिन्न पुरस्कार दिँदै आएको छ । युनेस्को नेपालका निमित्त नेपाल राष्ट्रिय आयोगको सिफारिसमा २० हजार अमेरिकी डलर राशिको सो पुरस्कारका लागि एजिङ नेपाल यस वर्ष छनोटमा परेको हो । सो पुरस्कार युनेस्को काठमाडौँ र युनेस्को नेपाल आयोगको समन्वयमा चाँडै सम्बन्धित पक्षलाई हस्तान्तरण हुने युनेस्को आयोगका सहायक महासचिव डा बाबुराम अधिकारीले जानकारी दिनुुभयो । 

हरेक अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा फ्रान्सको पेरिसस्थित युनेस्कोको मुख्यालयमा पुरस्कार वितरण गरिँदै आएकामा यस वर्ष ‘लिटेरेसी टिचिङ एण्ड लर्निङ इन दि कोभिड–१९ ः क्राइसिस एण्ड बिओण्ड’ भन्ने नारासहित भर्चुअलरुपमा पुरस्कार वितरण हुन लागेको हो । नेपाली संस्थाले यस प्रकारको अन्तर्राष्ट्रियस्तरको पुरस्कार पाउनु नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, युनेस्को आयोगको सचिवालय र नेपालीका लागि गौरवको विषय भएको अधिकारीले बताउनुभयो । सन् १९६७ देखि वितरण शुरु भएको अन्तर्राष्ट्रिय साक्षरता पुरस्कारबाट यस क्षेत्रमा कार्यरत विश्वभर ४९५ परियोजना र संस्था पुरस्कृत भइसकेका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो