2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक

September 10, 2020

भदौ २५, काठमाडौं । कोरोना संक्रमितको उपचार कन्भेलेसेन्ट प्लाज्मा थेरापीबाट गर्न चिकित्सकले प्लाज्मा दान अभियान अघि बढाएका छन्। नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले ‘प्लाज्मा दान नै जीवनदान’ नारा अघि सारिएको बताए।

संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा थेरापी वरदान सावित भएको संघले जनाएको छ। एक पिन्ट प्लाज्माबाट हजारौंलाई जोगाउन सकिने चिकित्सक बताउँछन्। 

‘कोरोना संक्रमितका साथै अन्य व्यक्तिमा त्रास फैलँदै गएकोेले मनोबल बढाउन पनि यो अभियान अघि सारिएको हो’, डा. कार्कीले भने, ‘संक्रमणपछि निको भएकाहरूलाई हेप्ने, छिःछिः दुरदुर गर्ने प्रवृत्ति देखिएको छ।

समाजमा दुव्र्यवहार हुँदा लुकेर बसेका छन्। दुव्र्यवहार होइन सम्मान गर्नुपर्छ भन्ने सन्देश दिन पनि अभियान सुरु गरिएको हो।’

प्लाज्मा थेरापीबाट पहिलो पटक विराटनगरका वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. ज्ञानेन्द्रमान सिंह कार्कीको उपचार गरिएको थियो। झन्डै ६० जना व्यक्तिले प्लाज्मा दान गरिसकेको संघले जनाएको छ। प्लाज्मा दान गर्ने व्यक्तिलाई चिकित्सकले सम्मान गर्ने भएका छन्।

प्रशंसापत्रसहित उच्च सम्मान गरिने संघका महासचिव डा. बद्री रिजालले बताए। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक