२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सात स्थानमा प्लाज्मा थेरापीको लागि रक्त संकलन सुरू

२५ भाद्र २०७७, बिहीबार १५:१३

भदौ २५, काठमाडौँ | नेपाल रेडक्रस सोसाइटीले कोभिड संक्रमितहरुको उपचार सहयोगार्थ प्लाज्मा थेरापीको लागि रगत संकलन शुरु गरेको छ । बुधबार केन्द्रीय कार्यालयमा ३९ वर्षका खिम वहादुर रानाभाटले प्लाज्मा थेरापीका लागि नेरेसो केन्द्रीय कार्यालयमा पहिलो रक्तदान गर्नुभयो । 

कोरोना संक्रमण निको हुनुभएका तनहु घर भई हाल काठमाडौं बस्दै आउनुभएका रानाभाटले अरुलाई पनि रक्तदानका लागि अनुरोध गर्दै भन्नुभयो, “मैले पहिले कहिल्यै रक्तदान गरेको थिइन । कोरोना संक्रमण निको भएपछि मेरो रगतले अरु संक्रमितलाई सहयोग पुग्छ भन्ने थाहा पाएर रक्तदान गर्न आएको हुँ ।”


नेपाल सरकार, नेपाल स्वास्थ्य अनुसन्धान परिषद (NHRC) को अनुरोध बमोजिम विभिन्न संस्थाहरुसँगको सहकार्यमा नेपाल रेडक्रसले यो सेवा सुरु गरेको केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक डा. मनिता राजकर्णिकारले बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी र नेपाल मेडिकल एशोसिएसन बीच रगत संकलनमा सहकार्य गर्ने गरी सात बुँदे सम्झौता हिजै सम्पन्न भएको छ । बुधबार नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डाक्टर नेत्र तिमिल्सिना र मेडिकल एसोसिएसनका अध्यक्ष डाक्टर लोचन कार्कीले दाताहरुको नाम संकलन गरी प्लाज्मा बैंक स्थापनामा सहकार्य गर्दै अगाडी बढ्ने गरी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको नेपाल रेडक्रसका सञ्चार निर्देशक दिव्यराज पौडेलले बताउनुभयो । सम्झौताबमोजिम रेडक्रसले प्लाज्मा दानका लागि प्रविधिक जनशक्ति, प्लाज्मा ब्याग लगायत आवश्यक सामग्रीहरुको व्यवस्थापन तथा प्लाज्मा बैंकको स्थापना गर्नेछ । त्यसमा चिकित्सक संघले प्लाज्मा संकलनका लागि कोभिड १९ संक्रमिण भई निको भएका नागरिकहरु, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको विवरण संकलन गरी प्लाज्मा दान गर्न सरोकारवाला दाताहरुसँग समन्ययनकारी भुमिका निर्वाह गर्नेछ ।

रेडक्रसको समन्वयनमा प्लाज्मा दान  गर्ने दाताहरुको सम्मानका लागि आवश्यक तयारी गरिएको छ । दाता रानाभाटलाई महामन्त्री पीताम्बर अर्यालले सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा नेरेसो अध्यक्ष डा. नेत्र तिम्सिनाले भन्नुभयोः  “समग्र रक्तसञ्चार सेवामा रेडक्रस एक्लो एक्टर होइन र कन्सोटियमको  अवधारणा लिई साझा दायित्व बहन गर्न सवै सरोकारवालाहरुलाई म अनुरोध गर्दछु ।”


कार्यक्रममा उपस्थित काठमाडौँ महानगरपालिका वडा नं. २५ का वडा अध्यक्ष निलकाजी शाक्यले रक्तदानका लागि वडामा बसोबास गर्नुहुने संक्रमण निको भएकाहरुको खोजी गर्ने र रक्तदानमा उत्प्रेरीत गर्ने कार्य  काठमाडौं महानगरपालिका वडा नं. २५ र २७ ले गरिरहेको जानकारी दिनुभयो ।  लायन्स क्लब ब्लडसर्कलले रक्तदान गर्नेहरुलाई उत्प्रेरणा र सम्मान गर्ने गरी समन्वय गरिएको पनि वडाध्यक्ष शाक्यले बताउनुभयो । 

सामाजिक दुरी कायम गरी आयोजना गरिएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका उपाध्यक्ष शर्मिला कार्की, कोषाध्यक्ष सिताराम कोइरालासहित पदाधिकारी तथा सदस्य, कामु कार्यकारी निर्देशक सुर्दशन अधिकारी,  नेपाल मेडिकल एशोसियसनका पदाधिकारी, रक्तसञ्चार विशेषज्ञ डाक्टर बिपिन नेपाल र लायन्स क्लबका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

काठमाण्डौँ बाहिर सुरु भइसक्योः

स्थानीय अस्पतालसँगको सहकार्यमा नेपाल रेडक्रसका सुनसरी, चितवन, भक्तपुर, बुटवल, नेपालगञ्ज, र कैलालीमा रहेका रक्तसञ्चार सेवाले प्लाज्मा थेरापीको लागि रक्तसंकलन सुरु गरिसकेका छन् । धनुषा  र पोखरामा पनि यस्तो सेवा छिटै सुरु गरिने निर्देशक पौडेलले जानकारी दिनुभयो ।


प्लाज्मा थेरापीको लागि ६ पिन्ट संकलन गरेकोमा चारजना कोभिड विरामीलाई सो प्लाज्मा उपलव्ध गराइसकिएको धरानबाट किरण कार्कीले बताउनुभयो । त्यस्तै कैलालीबाट इश्वर जोशीले दिनुभएको जानकारी अनुसार कोभिड निको भएका त्यहाँ ६ जनाले रक्तदान गरेको र एक जना विरामीलाई चढाइसकिएको छ ।  रमेश पौडलका अनुसार चितवनमा चार पिन्ट रगत संकलन गरिएकोमा विरामीलाई दुई पिन्ट चढाइएको छ । 

भक्तपुरमा कोभिड निको भएका तीन जनाले रक्तदान गर्नुभएको र तीन पिन्ट नै रगत विरामीलाई चढाइएको मन्त्री परशुराम पाण्डेले जानकारी दिनुभयो । त्यस्ता दाताहरुको घरमै गएर रक्तसंकलन गरिदै आइएको छ । नेपालगञ्जका रेडक्रस अधिकृत दोलख डाँगीका अनुसार चारजनाबाट संकलन गरिएको र त्यसमध्ये भेरी अस्पतालमा रहेका दुई विरामी र कोहलपुरका एक विरामीलाई सो रगत उपलव्ध गराइएको छ ।  विरामीको अवस्था सुधार भइरहेको पनि उहाँले जानकारी दिनुभयो । 


प्लाज्मा थेरापी उपचारको प्रभावकारिता अहिले पनि अनुसन्धानकै क्रममा रहेको चिकित्सकहरुले बताएका छन् ।  प्लाज्मा दान गर्दा दाताहरुलाई कुनै पनि शारीरिक तथा मानसिक असरहरु नपर्ने चिकित्सक  संघले जनाएको छ ।  संघका अध्यक्ष डा. कार्कीले नागरिकहरुको जीवन रक्षा गर्ने पवित्र कार्यमा संलग्न हुन सरोकारवालाहरुलाई आग्रह गर्नुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल