२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी निर्वाचन अभियानमा ह्याकरहरुको आक्रमण भइरहेको दाबी

२०७७, २६ भाद्र शुक्रबार ११:१७

भदौ २६, (रासस/एएनआई) । अमेरिकामा हुन लागेको राष्ट्रिपतीय निर्वाचनको प्रसारप्रसार अभियानलाई ह्याकरहरुले लक्षित गरिरहेको पाइएको छ । प्रभावशाली सूचना प्रविधि कम्पनीका रुपमा रहेको माइक्रोसफ्टले त्यस्ता विवरणहरु आफुहरुले धेरै प्राप्त गरेको जानकारी दिएको छ । 

निर्वाचन लक्षित गतिधिविधिहरुमा भइरहेका साइबर आक्रमणहरु विषेशगरेर रुस, चीन र इरानबाट भइरहेको पनि कम्पनीले बिहीबार स्पष्ट पारेको छ । त्यस्ता कार्यबाट उनीहरुले कतिपय व्यक्तिगत र कतिपय संस्थागत सूचनाहरु लिने गरेको माइक्रोसफ्टका अधिकारीहरुले जनाएका छन् । 

आक्रमणकारीहरुले राष्ट्रपतिका दुवै उम्मेदवार वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्का प्रतिस्पर्धी डेमोक्रयाटिक तर्फका उम्मेदवार जोन बिडेन दुवैको प्रचार प्रसार कार्यलाई लक्षित गरिरहेको पाइएको छ । 

अमेरिकामा आउँदो नोभेम्बरमा राष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको छ । यसअघिको निर्वाचनमा पनि यस्तै प्रकारका आक्रमणहरु र गतल प्रयासहरु भएको आरोप लागेको थियो । 

सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा डेमोक्याटिक तर्फकी उम्मेदबार हिलारी क्लिन्टनको पक्षमा भएको प्रचारप्रसार र रणनीति सम्वन्धी विवरणहरु अनधिकृत रूपमा रुसी ह्याकरहरूले चोरेको चर्चा भएको थियो । अहिलेको ह्याकिङ कार्यमा पनि उनीहरु संलग्न रहेको पाइएको माइक्रोसफ्टले जनाएको छ । 

रुसका ह्याकरहरूले अमेरिकी दुवै राजनीतिक पार्टी रिपब्लिकन र डेमोक्रयाटिकहरुसँग सम्वन्धीत दुईसय भन्दा बढी संगठनहरुलाई लक्षित गरेको माइक्रोसफ्टले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने