साउन १२, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको छ । 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १२, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको छ । 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाम"/>

२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सहमतीय सरकारका लागि पहल गर्ने माओवादी केन्द्रको निर्णय

२०७३, १२ श्रावण बुधबार ०९:१५

साउन १२, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको छ । 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको केन्द्रीय कार्यालयको बैठकले अध्यक्ष दाहालको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न राजनीतिक दलसँग वार्ता र संवाद गर्ने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । 

बैठकले बाढी र पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार र राहतको कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएको छ । बैठकले बाढीपहिरोमा परेका व्यक्तिको उद्धार तथा राहत वितरण कार्यमा सक्रियतापूर्वक लाग्न कार्यकर्तालाई निर्देशनसमेत दिएको छ । 

साथै बैठकले महाधिवेशन आयोजक समितिका सदस्य हरिबहादुर केसी र उहाँको परिवारको प्यूठानको फोप्ली गाविसस्थित आफ्नै निवासमा पहिरोमा परी निधन भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । बैठक पुनः भोलि बिहान ८ बजे बस्नेछ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते