२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीको कदमको स्वागत

२०७७, २६ भाद्र शुक्रबार १३:१२

भदौ २६, काठमाडौँ (रासस) : महिला पुनस्र्थापना केन्द्र (ओरेक) ले प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड प्रहारजस्तो जघन्य अपराधविरुद्ध अध्यादेशमार्फत कानून बनाउन दिएको निर्देशनको स्वागत गरेको छ । 

ओरेकका अध्यक्ष रामवती चौधरीले आज प्रेस विज्ञप्ति जारी गरी  प्रधानमन्त्री ओलीले बिहीबार एसिड पीडित महिलासँगको भेटमा दिएको निर्देशक सकारात्मक निर्णय भएको उल्लेख गर्दै निर्णयको कदर गरिएको जनाइएको छ । प्रधानमन्त्रीको नेतृत्वमा भएको यस निर्देशनले समयमा नै कानून निर्माण हुने, कानूनको पूर्ण कार्यान्वयन र पीडितले साच्चि नै न्यायको अनुभुति गर्ने वातावरण बन्नेछ  भन्नेमा विश्वास लिएको विज्ञप्तिमा छ । 

विज्ञप्तिमा भनिएको छ, “एसिड प्रहारजस्तो अमानवीय र जघन्य अपराधविरुद्ध सम्माननीय प्रधानमन्त्री श्री के.पी शर्मा ओली ज्यूबाट अध्यादेशमार्फत तत्काल नयाँ कानून बनाउन दिनुभएको निर्देशन स्वागतयोग्य र प्रंशसनीय छ ।” समुदाय तहबाट यस्तो क्रुरतापूर्ण अपराधविरुद्ध लामो समयदेखि आवाज उठाउँदै आएको संस्था तथा प्रभावितको मानव अधिकारको हक र अधिकारको संरक्षण, सम्बद्र्धन तथा  सुनिश्चितताका लागि सबै लाग्न विज्ञप्तिमा आब्हान समेत गरिएको छ । 

एसिड खन्याउने कार्य अपराधको परिभाषाभित्र समेट्न, दोषीउपर कडा कार्वाही तथा यस प्रकारका संवेदनशिल मुद्धामा छिटो न्याय प्रदान गर्न छुट्टै अदालतको व्यवस्था, पीडितलाई पुनस्र्थापना गर्ने र राहतका लागि व्यवस्थासहितको माग राखी सो संस्थाले काम गर्दै आएको विज्ञप्तिमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो