२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जीवन सुन्दरता हो र मृत्यु सत्यता

२०७७, २८ भाद्र आईतवार ०७:१२

हरेकले आफ्नो जन्मसँगै मृत्यु पनि लिएर आएका छन् । त्यही मृत्यु कसैका लागि चाँडो त कसैका लागि ढिलो आइदिन्छ । हर जो कोहीलाई पनि मृत्युसँग डर नै लाग्छ तर यसको अर्थ आत्महत्या गर्नेहरू निडर र बहादुर हुन् भन्ने पनि हैन । आत्महत्या त जीवनको बोध गर्न नसक्नेहरूले, मानसिक संकुचनका रुग्णहरूले जीवनप्रति गर्ने अपराध हो, त्यसैले त धार्मिक ग्रन्थहरूमा पनि 'आत्महत्या महापाप हो ' भनी लिपीबद्द गरिएको छ ।

मृत्यु एक त्यस्तो सत्य हो जसको आगमनको न कुनै समय हुन्छ, न त कुनै संकेत नै यो त जुनसुकै बेला जो सुकै माथि जहाँसुकै पनि घट्न सक्छ । बाटो काट्दा काट्दै गाडीको ठक्करले, अहिलै भुइँँचालो आएर, ज्वालामुखी फुटेर, हृदयघात भएर होस या अन्य कुनै रोग र बिरामको कारणले होस् जो सुकैको पनि मृत्यु हुन सक्छ । तर यी त मृत्युका बाहाना मात्र हुन् मानिस मर्दछ छ त जन्मेको हुनाले । मृत्यु त्यो सत्य हो जुन अकाट्य र अवश्यम्भावी छ । त्यसैले पनि होला कवि सिरोमणि लेखनाथ पौड्यालले भन्नुभएको – ' आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो, इन्द्रै बिन्ती गरुन झुकेर पदमा त्यो बिन्ती मान्दैन त्यो । '

मृत्यु त्यो शाश्वत सत्य जसको बोध थोरैले मात्र गरेका छन् या गर्न सक्छन् जे भनौँ । तर बाँकिरहेका अरु सबै जीवनका असांयोगिक पाटाहरूलाई वास्तविकतामा ढाल्न तल्लिन छन् जसले गर्दा उनीहरू भूलिरहेछन् बाँचनुको सार्थकता, जीवनको यथार्थ बुझाई र मरणको वास्तविकता ।

के मृत्यु पछि पनि जीवन निरन्तर छ त ? गितामा भनिएको छ:

       वासांसि जीर्णानि यथा विहाय

                    नवानि गृह्णाति नरोऽपराणि ।

       तथा शरीराणि विहाय जीर्णा-

                   न्यन्यानि संयाति नवानि देही ॥२/२२/

   भावार्थ: (लुगा पुराना जसरी त्यजेर

                           नयाँ लुगा मानिस लाउछ फेर।

                 त्यस्तै बुढा देहहरु त्यगेर

                          यो जीवले लिन्छ नयाँ शरीर ।।)

आत्मा अमर छ, शरिर मरेर गए पनि आत्मा उडेर गई अन्य कुनै शरिरमा समाबिष्ट हुन्छ । के आत्मा पनि शरिरको परिवर्तनसँगै परिवर्तन हुन्छ ? यदि हुन्छ भने आत्म कसरी अमर भयो र ? यदि शरिरसँगै आत्माको परिवर्तन हुँदैन भने पनि फेरि किन जन्मेनन् ती हिटलर र मुसोलिनीका क्रुर आत्माका प्रतिविम्बहरू ?, फेरि किन जन्म भएन शान्तिका दुत गौतम बुद्दहरूको ?, किन आएनन् अरस्तु, आइन्सटाइन,कालिदास.. आदि इत्यादि महान व्यक्तिकाआत्मा ग्रहण गरेका शरिरहरू ? यी र यस्ता प्रश्नहरूले हामीलाई दोधार तुल्याउँछ र हामी एउटै निश्कर्षमा पुग्छौ कि आत्म अमर हुनसक्छ तर आत्मिक पहिचान मृत्युसँगै बिलीन भएर जान्छ जो गुणकारी र हितकारी हुन्छन् तिनीहरूको पहिचान ईतिहासमा लिखत हुन्छ । समयको परिवर्तनसँगै तिनीहरूका कामहरू जीवन्त रहन्छन् र असलहरूका लागि आदर्श पनि बन्छन् तिनीहरू । त्यसैले सबैका लागि नभए पनि धेरैका लागि हितैसी र असल बन्नु उचित हुन्छ ।

असल भन्नुको अर्थ सोझो र कम बोल्नु भन्ने हैन । प्रतिक्रिया बिहीन, असंवेदनशिल र निष्कृय नरहि जीवन्त बन्नु, ठिकलाई सराहना गर्नुलाई असलपनका लक्षण भन्न सकिन्छ । हुन त असल बन्न र रहिरहन सजिलो छैन प्रयत्नसाध्य र कठिनसाध्य छ तर जीवनको अतभुत आनन्द, सार्थकता र सुन्दरता पनि यसैमा छ ।

हरेकमा यस्तो सकारात्मक विचार विकास होस् कि, आजको दिन भनेको मेरो लागि हो भन्ने धारणा पैदा होस् र आजका लागि आजै योजना बनाई त्यसलाई आजै फत्ते गर्नु पर्छ भन्ने दृढ सोच होस् जसले मनमा शान्ति त दिलाउँछ नै, भोलिका योजनाहरूलाई अर्थपूर्ण बनाउने हौसला पनि दिन्छ र जीवन  भोगाईलाई बुझ्ने बाटो पनि तय गरिदिन्छ ।

जसले जीवनको उपभोग गर्नसक्दछ उसले जीवनलाई सुन्दर बनाउन र जीवनको मूल्य बोध गर्नसक्दछ। जीवनको मूल्य बोध गर्नु भनेको जीवनलाई सकारात्मक्तामा भरपुर उपयोग गर्नु हो ता कि मृत्यको क्षणमा पनि आफ्नो जीवन प्रति गुनासो गर्दै मृत्युवरण गर्नु नपरोस् । 

नवराज प्रसाद आचार्य


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु