२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अक्सफोर्ड र अस्ट्राजेनिकाको खोप परीक्षण पुनः शुरु

२०७७, २८ भाद्र आईतवार १५:३८

भदौ २८, लन्डन (रासस–एपी) । बेलायतको प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनिका फर्मास्युटिकल कम्पनीले तयार पारेको कोरोनाभाइरस विरुद्धको खोपको परीक्षण पुनः शुरु भएको छ । 

केही दिनअघि खोप लगाएका लन्डनका एक व्यक्तिमा स्वास्थ्य समस्या देखिएपछि अल्प अवधिका लागि खोप परीक्षण स्थगन गरिएको थियो । 

खोप परीक्षणमा सहभागी एक व्यक्तिमा पहिचान नखुलेको एक प्रकारको स्वास्थ्य समस्या देखिए लगत्तै सम्पूर्ण परीक्षण कार्य स्थगन गर्नु परेको कम्पनीले गत मंगलबार जनाएको थियो । 

अक्सफोर्ड विश्वविद्यालयसँग मिलेर कोरोनाभाइरस विरुद्धको खोप निर्माण गरिरहेको अस्ट्राजेनिका  कम्पनी अहिले खोप विकासमा अग्रस्थानमा छ । हाल यस खोपको तेस्रो तथा अन्तिम चरणको क्लिनिकल परीक्षण भइरहेको छ । यस कम्पनीले कोरोनाको औषधि समेत निर्माणको प्रयास जारी राखेको छ । 

अक्सफोर्डले जारी गरेको पछिल्लो विज्ञप्तिमा बेलायतका सबै परीक्षण केन्द्रहरुबाट खोप दिन थालिएको उल्लेख छ । बेलायती नियामक निकायहरुले पनि खोप परीक्षण गर्न अनुमति दिइसकेको अक्सफोर्डले जनाएको छ । 

अस्ट्राजेनिकाका एक प्रवक्ताले खोप परीक्षणमा सहभागी व्यक्तिमा देखिएको स्वास्थ्य समस्याका बारेमा अध्ययन गर्न एक स्वतन्त्र समितिले काम गरिरहेको जानकारी दिएका थिए । 

ठूलो संख्यामा परीक्षण कार्य भइरहेकाले एकाध व्यक्तिमा समस्या देखिनु स्वाभाविक रहेको बताउँदै कम्पनीले तर त्यस्तो समस्याको निराकरणका उपाय पहिल्याउन जरुरी हुने जनाएको छ । कम्पनीले ती व्यक्तिको पहिचान खुलाएको छैन । 

अक्सफोर्डका अनुसार स्वतन्त्र समीक्षा टोली र नियामक निकाय दुबैबाट स्वतन्त्र छानबिन पश्चात खोप परीक्षण पुनः शुरु गरिएको हो । 

संयुक्तराज्य अमेरिकामा अस्ट्राजेनिकाले ३० हजार व्यक्तिलाई परीक्षणमा सहभागी गराएको छ । 

बेलायती स्वास्थ्य मन्त्री म्याट ह्यानककले खोप परीक्षण पुनः शुरु भएकामा त्यसलाई स्वागत गर्नु भएको छ । उहाँले खोप परीक्षण पुनः थालनी भएको समाचार सबैका लागि खुशीको कुरा हो भन्नुभयो । 

अक्सफोर्ड विश्वविद्यालयका अनुसार हालसम्म विश्वभर करिब १८ हजार व्यक्तिले खोप लगाइसकेका छन् । बेलायत, ब्राजिल, दक्षिण अफ्रिका र अमेरिका समेतका सर्वाधिक असर परेका मुलुकमा खोप परीक्षण कार्य भइरहेको छ । 

ब्राजिलको स्वास्थ्य नियामक निकाय एन्भिसाले अक्सफोर्ड खोप ब्राजिलमा पुनः शुरु गर्न अनुमति दिइसकेको जनाएको छ । 

अस्ट्राजेनिका हाल विश्वमा तेस्रो तथा अन्तिम चरणको खोप परीक्षण गर्ने विभिन्न ९ कम्पनीमध्ये एक हो । हाल अक्सफोर्ड र अस्ट्राजेनिका बाहेक अमेरिकाको मोडर्ना र पिफाइजर तथा जर्मनीको बायोएनटेक तेस्रो चरणको खोप परीक्षणमा जुटेका छन् । 

यस्तै रुसले स्पुतनिक भी बनाइसकेको दाबी गरेको छ भने चीनले समेत खोप परीक्षण तेस्रो चरणमा पुगेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो