2026-09-19 09:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आकाशबाट बाकसमा नआए…

‘आकाशबाट बाकसमा नआए

ढोका खोल भन्नेछु म आए’ (पुरुष)

‘घरै धराप छ पहिरो खसेर

बाली खायो सलह पसेर’ (महिला)

यी शब्द लोकगायक विष्णु खत्रीको दशैँ गीत ‘रिनै रिनको’का हुन् । गीतमा प्रवासी नेपाली र तिनका आश्रित परिवारको दुःख, पीडा अभिव्यक्त छ । श्रीमान्ले दशैँमा घर आउने दिनको ठेगान छैन भन्छन् । श्रीमतीलाई जीवनसाथी नभएको गाउँघर शून्य लाग्छ । 

श्रीमान् भन्छन्– के दशैँ मान्छ्यौ र रिनै रिनको

  मेरो केही भर छैन आउने दिनको…

श्रीमती भन्छिन्– के दशैँ मानौ र रिनै रिनको

   शून्य छ गामवेशी तिमी बिनाको…

कोरोना महामारीका कारण कमाइ गुमेको छ । दशैँ खर्च पठाउन सक्ने स्थिति छैन । यता श्रीमतीलाई बालबच्चा र घर धान्न गाह्रो छ । परदेशी कहिले आउँछन् भनेर बाटो कुर्न विवश छिन् ।

भन्छिन्– चर्न गाको गाई गोठमा फर्कन्छ

  साँझपख झनै मन चर्कन्छ…

श्रीमान् आफैसँग गुनासो गर्छन्– 

बाउ त बने बाउ जस्तो भैन म

हेर्नै छाडेँ आफ्नो मुख ऐनामा…

चाडबाडमा पनि परिवारको मन दुःखाएकामा उनी पछुतो मान्छन् । परदेशी हुनुको विवशता स्वीकार्छन् । गीतको सवालजवाफ अघि बढ्छ । आखिरीमा श्रीमती पुकारा गर्छिन्–

मर्न पाए तिम्रो मुख हेरी

छोड्थ्यो कि त सुसाउन सल्लेरी

रिनै रिनको…

गीत टुङ्गिन्छ । गत आइतबार खत्रीको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गीतको म्युजिक भिडियोले युट्युबमा हालसम्म तीन लाखभन्दा बढी भ्युज बटुलेको छ । गीतमा खत्री र गायिका पूर्णकला बिसीको स्वर छ । रचना र सङ्गीत पनि गायक खत्रीकै छ ।

सुमधुर क्रियशनद्वारा उत्पादित गीतको म्युजिक भिडियोमा कलाकार ओवी रायमाझी र सारिका केसीको अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन कपिल लामाले गर्नुभएको छ । मन छुने शब्द, स्वर, मौलिक भाका र ग्रामीण परिवेश झल्काउने भिडियोका कारण गीतलाई स्रोता÷दर्शकले रुचाएका छन् ।

लोकगायक खत्रीका यसअघि ‘सुनको जलप’, ‘दशैँ तिहार सँगै मनाउँला’, ‘दशैँमा आउ प्यारा’, ‘कति रुनी हो’ लगायत दर्जनभन्दा बढी दशैँ गीत सार्वजनिक भएका छन् । बागलुङको गलकोट नगरपालिका–७ मल्ममा जन्मनुभएका उहाँ दुई दशकदेखि लोकसङ्गीतमा सक्रिय हुनुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो