2026-07-24 10:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौंमा कहाँ कतिलाई संक्रमण ?

भदौ ३०, काठमाडौं । उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या १२ हजार २ सय ४८ पुगेको छ । सोमबार उपत्यकामा थप ५ सय १२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १२ हजार २ सय ४८ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार काठमाडौंमा ४ सय ४०, ललितपुरमा २९ र भक्तपुरमा ४३ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म काठमाडौंमा १० हजार २६, ललितपुरमा १ हजार १ सय ९० र भक्तपुरमा १ हजार ३१ जना संक्रमित पुगेका छन् । काठमाडौंको महाराजगन्ज क्षेत्रमा ३ सय ३८, नक्साल क्षेत्रमा १ सय ३१ संक्रमित पुगेका छन् ।

यस्तै, धुम्बाराही क्षेत्रमा १ सय ७४, चावहिल क्षेत्रमा १ सय ६०, जयवागेश्वरी, गौशाला क्षेत्रमा १ सय १६ संक्रमित थपिएका छन् । यस्तै, पुरानो बानेश्वर–बत्तिसपुतली क्षेत्रमा १ सय २२, बुद्धनगर–बानेश्वर हाइट क्षेत्रमा १ सय २८, बबरमहल–त्रिपुरेश्वर क्षेत्रमा २ सय ८० जनामा संक्रमण देखिएको छ ।

काठमाडौं महानगरपालिकाका अनुसार कलंकी–रविभवन क्षेत्रमा २ सय ४४, स्वयम्भू क्षेत्रमा ४ सय ७७, वनस्थली–बालाजु क्षेत्रमा ३ सय ८७, सामाखुसी–म्हैपी क्षेत्रमा १ सय ५६ जनामा संक्रमण देखिएको छ ।

भोटाहिटी–असन क्षेत्रमा २ सय ५९, नयाँ बानेश्वर–मीनभवन क्षेत्रमा १ सय १८, बागबजार–भृकुटीमण्डप क्षेत्रमा २ सय ३१ र सिनामंगल–कोटेश्वर चोक क्षेत्रतर्फ २ सय ९४ जनामा संक्रमण देखिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

संक्रमितमध्ये काठमाडौंका ३८ जनाको मृत्यु भएको छ । यस्तै, काठमाडौंका १ हजार ४ सय ७० जना डिस्चार्ज भएका छन् । संक्रमितको सम्पर्कमा आएका ११ हजार ८ सय ६ जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक