३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२६ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलनको समापन

५ आश्विन २०७७, सोमबार ०४:३२

असोज ५, लण्डन। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलन आइतबार सम्पन्न भएको छ । शुक्रबारदेखि आयोजना गरिएको उक्त सम्मेलन २६ बुँदे विश्व नेपाली स्वास्थ्य घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो ।

सम्मेलनले घोषणापत्रमाथि व्यापक छलफल गरेको थियो । त्यसमा विज्ञ तथा सरोकारवालाले सुझाव दिनुभएको थियो । विज्ञ तथा सरोकारवालाहरुको सुझावअनुसार घोषणापत्रमा आवश्यक कुराहरु थप गर्दै लैजाने समितिका अध्यक्ष डा सञ्जीव सापकोटाले बताउनुभयो । “धेरै विज्ञ, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरुले आफ्नोे अभिव्यक्ति दिनुभएको छ । सो टिप्पणीअनुसार बाँकी कुराहरुलाई हामी समावेश गर्दै लैजान्छौँ”, उहाँले भन्नुभयो । घोषणापत्रले विश्वभरि छरिएर रहेका स्वास्थ्यकर्मीहरुलाई एकै ठाउँमा समेट्ने प्रयास गरेको डा. सापकोटाले उल्लेख गर्नुभयो ।

दोस्रो विश्व स्वास्थ्य सम्मेलनले तयार गरेको घोषणापत्रमा डाक्टर, नर्स, फिजिसियनलगायत विश्वभरि छरिएका सबै स्वास्थ्यकर्मीलाई एकै ठाउँमा समेट्ने उल्लेख गरिएको छ । त्यस्तै स्वास्थ्यकर्मीको भूमिका, आपसी समझदारीलगायत विषयसमेत घोषणापत्रले समेटेको छ ।

घोषणापत्रले नेपाली नर्सहरु, तथा मानसिक रोग विशेषज्ञहरुको विश्वव्यापी सञ्जाल निर्माणमा जोड दिएको छ । जडीबुटीजन्य औषधिको उत्पादन तथा विकासमा जोड दिइएको छ । त्यस्तै मातृशिशु स्वास्थ्य, बालबालिका, किशोरकिशोरी तथा युवावस्थाको स्वास्थ्यलगायत विषय घोषणापत्रमा समावेश गरिएको छ । प्राकृतिक प्रकोपका लागि स्वास्थ्यकर्मीहरुको समिति, दीर्घरोग व्यवस्थापन समितिलगायत विषय घोषणापत्रमा समेटिएका छन् ।

सामाजिक चेतना अभिवृद्धिका लागि सबै स्वास्थ्यकर्मी एकजुट हुनसमेत घोषणा पत्रले आह्वान गरेको छ । त्यस्तै अन्तर्राष्ट्रिय, सरकारी, गैरसरकारी, स्थानीय निकायलगायत सबैसँग समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता प्रस्तुत गरिएको छ ।

कार्यक्रमको समापन सत्रमा डा दिनेश ज्ञवाली, डा चन्द चटौत (सिकागो), डा भूपेश खड्का, डा कुश श्रेष्ठ (अस्ट्रेलिया), डा. बोधराज सुवेदी (पोल्याण्ड), डा सुरज थापा (नर्वे), डा निकिता पाठक, डा लक्ष्मण पोखरेल, डा रमेश खोजु, डा सरिता भट्टराई, डा इशान अधिकारी, डा सुनिल शाह, डा भुपेन्द्र खड्का,  डा नवराज केसी, डा निस्हिता पाठक, डा ड्रोना रसाइली (क्यानडा), डा सरोज निरौला (क्यानडा) , डा पुरु श्रेष्ठलगायतले आफ्नोे धारणा प्रस्तुत गर्नु भएको थियो ।

त्यस्तै एनआरएनए आइसीसीका को–चेयर सत्यनारायण चौधरी, यस्मिन बेगम सइद, मञ्जु सङ्ग्रौला, एकनाथ खतिवडा, किरन सापकोटा, दोना पाण्डे, रजनी प्रधान, गोविन्द श्रेष्ठ (सिकागो), जनक बराल, मुकुन्द केसी (दक्षिण अफ्रिका), सुन्दरी लामा (नर्स स्पेन), विमला सापकोटा एनआरएनए युथ संयोजकलगायतले आफ्नोे धारणा राख्नुभएकोे थियो ।

जारी घोषणापत्र काजगमा मात्रै सीमित हुन नदिन कार्यान्वयन पक्षमा जोड दिनुपर्ने अधिकांशको धारणा थियो । यसमा सरकारको भूमिका कम देखिएकाले सरकारलाई पनि घचघच्याउँदै जानुपर्ने विचार अधिकांशले व्यक्त गर्नुभएको थियो ।

दोस्रो विश्व स्वास्थ्य सम्मेलन समापन समारोहमा विभिन्न मुलुकमा रहेका २०० भन्दा बढी स्वास्थ्यकर्मी, सरोेकारवाला तथा विज्ञहरुको सहभागिता थियो । पचासभन्दा बढी स्वास्थ्यकर्मी, विज्ञ तथा एनआएएनएका पधाधिकारीहरुले आफ्नो धारणा राख्नुभएको थियो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट