2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्ततः खुल्यो लोकसेवा, रोकिएका सबै परीक्षा धमाधम सुचारु हुँदै

September 26, 2020

असोज १०, काठमाडौं । कोभिड–१९ को महामारी सुरु भएपछि रोकिएका लोकसेवा आयोगका सबै परीक्षा धमाधम सञ्चालन हुने भएका छन् । सरकारले लोकसेवा आयोगको स्थगित परीक्षा सुचारु गर्ने निर्णय गरेसँगै आयोगले यसअघि रोकिएका विभिन्न सेवा समूह, श्रेणी तथा तहका परीक्षा सञ्चालनको प्रक्रिया अघि बढाएको छ ।

कोरोनाका कारण १० हजार बढी पदमा परीक्षा हुन सकेको थिएन । लोकसेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले गत वर्ष रोकिएका शाखा अधिकृत र नायब सुब्बाको दोस्रो चरणको परीक्षा सुचारु गरिने जानकारी दिए ।

गत वर्ष शाखा अधिकृततर्फ प्रशासन, न्याय र व्यवस्थापिका संसद्तर्फको पहिलो चरणको परीक्षा सम्पन्न भई दोस्रो चरणको परीक्षा भएको थिएन । परीक्षा सञ्चालन हुने क्रममा कोभिड महामारी सुरु भएसँगै सबै परीक्षा स्थगित भएको थियो । अब सो परीक्षा कात्तिकमा सञ्चालन गरिनेछ । पहिलो चरणमा शाखा अधिकृतका लागि ३ हजारले नाम निकालेका थिए ।

नायब सुब्बाको परीक्षा पनि सञ्चालन गर्ने निर्णय भएको छ । नायब सुब्बातर्पm पनि दोस्रो चरणको परीक्षा भएको थिएन । सुवेदीले नायब सुब्बाको दोस्रो चरणको परीक्षा मंसिरमा गर्ने गरी तयारी थालिएको जानकारी दिए । सुवदीका अनुसार परीक्षा सञ्चालन गर्दा सुरक्षाका सबै विधि अपनाइनेछ ।

सुवेदीका अनुसार न्याय सेवातर्फका अधिकृत पदको पहिलो, दोस्रो र तेस्रो पत्रको परीक्षा क्रमशः १८, १९ र २० कात्तिकमा हुनेछ । यस्तै व्यवस्थापिका संसद्तर्फ पहिलो पत्रको परीक्षा २१ कात्तिकमा र दोस्रो पत्रको परीक्षा २२ कात्तिकमा हुनेछ ।

यसैगरी, परराष्ट्र, प्रशासन, लेखा परीक्षण र संसद् सेवातर्फ खुला तथा समावेशी र्फको दोस्रो चरणको परीक्षा २३ कात्तिकदेखि सुरु हुने लोकसेवा आयोगले जनाएको छ ।

आयोगका अनुसार नायब सुब्बा पदको द्वितीय पत्रको परीक्षा ७ मंसिरमा तथा तृतीय पत्रको परीक्षा ८, ९, १० र ११ मंसिरमा तोकिएको छ । परराष्ट्रतर्फ अंग्रेजी र कूटनीति विषयको परीक्षा भने १२ मंसिरमा हुने आयोगले जनाएको छ ।

यसैगरी, यसअघि रोकिएको सहसचिवतर्फको कृषि सेवातर्फ बाँकी रहेको पदमा समेत परीक्षा सञ्चालन गर्ने निर्णय भएको छ । यस्तै, सूचना प्रविधितर्फ आइटी सहसचिवको स्थगित लिखित परीक्षा पनि छिट्टै लिने निर्णय गरिएको आयोगले जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ