२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामुदायिक वनको स्वायत्ततामाथि हुने हस्तक्षेप स्वीकार्य हुँदैन : महासङ्घ

२०७७, ११ आश्विन आईतवार ०६:०३

असोज ११, काठमाडौं । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१ खारेज गर्न संसदीय उपसमितिले गरेको सिफारिसको स्वागत गरेको छ ।

 महासङ्घले शनिबार एक विज्ञप्ति जारी गरी समुदायको अधिकार विरोधी वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज गरी दोषीलाई कारवाही गर्न माग गरेको छ । यद्यपि सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले गरेको सिफारिसमा सामुदायिक वन र उपभोक्ता समूहलाई प्राप्त कानूनी र स्वायत्त अधिकारहरु कटौती हुने अवस्था देखिएकाले त्यसलाई सच्याउनुपर्ने माग महासङ्घको छ । “उपभोक्ता समूहको अधिकारसहितको सहभागिताबिना चुरे वन क्षेत्र र तराई मधेसको वन संरक्षण हुन सक्दैन”, विज्ञप्तिमार्फत महासङ्घका अध्यक्ष भारती पाठकले भन्नुभयो ।

यसैगरी महासङ्घले उपभोक्ता समूहले नै स्वतन्त्ररूपमा वन पैदावारको मूल्य निर्धारण गरी बिक्री वितरण गर्न पाउने कानूनी व्यवस्था भएकाले सङ्कलन भएका सालका काठसहितका वन पैदावारहरु सङ्कलन, बिक्री वितरण र ओसारपसार गर्न दिन सरकासँग माग गरेको छ । सामुदायिक वन उपभोक्ता समूहले स्थापनाकालदेखि नै कानूनबमोजिम उत्पादित वन पैदावार स्वतन्त्ररूपमा बिक्री वितरण गरिरहेको अधिकारलाई कमजोर गराउने गरी संसदीय उपसमितिले सरकारमार्फत बिक्री वितरण गरी समुदायमा रकम पठाउने प्रस्ताव गर्नु सामुदायिक वनको कानूनविपरीत भएकाले उक्त व्यवस्था खारेज गर्नसमेत आग्रह गरेको छ ।

सामुदायिक वनलाई असफल बनाउनमा तल्लीन प्रवृत्तिका कारण सामुदायिक वनको स्वायत्ततामा गम्भीर आघात परेको दाबी गर्दै महासङ्घले वैज्ञानिक वनका नाममा सामुदायिक वनको स्वायत्ततामा हस्तक्षेप गर्न र उपभोक्ता समूहलाई कारवाही गर्न नमिल्ने पनि महासङ्घको ठहर छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द