२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्ता छन् अनुहारको छाला चम्किलो बनाउने ३ घरेलु औषधि

११ आश्विन २०७७, आईतवार १२:०१

तपाईंको छालालाई भान्सामै हुने कतिपय औषधिहरुले निकै फाइदा पुर्याउँछ । भान्सामा पाइने विभिन्न चीजहरुको प्रयोगबाट अनुहारमा भएको दागदब्बा र फोहोर हटाउन सकिन्छ । 

 अनुहारको छाला चम्किलो बनाउने ३ घरेलु औषधिहरु यस्ता छन्

१. मेवा र महको मास्क 

यो मास्क अनुहारको सुख्खापन हटाउन सहयोगी मानिन्छ । यसले अनुहारको छालालाई कोमल बनाउँछ । यसका लागि आधा कप पिसेको मेवामा २ चम्चा दूध र १ चिया चम्चा मह मिसाएर अनुहारमा लगाउनुस् । त्यसपछि १५ मिनेटका लागि सुक्न दिनुस् । मेवामा सक्रिय एन्जाइम पाइन्छ जुन एन्टिफङ्गल गुणले भरिएको हुन्छ । यसले अनुहारको मरेको छाला बाहिर निकाल्ने र अनुहारमा हाइड्रेट गर्ने, छालामा रंग समेत दिन्छ । 

२. घ्युकुमारी र काक्रोको प्याक

घ्युकुमारी र काक्रो दुवैले अनुहारलाई हाइड्रेट गर्छ । अनुहारको छालालाई चम्किलो बनाउन र सफा छालाको लागि यो निकै मद्दतगार हुन्छ । यसका लागि काक्रोको रस निकाल्ने र २ चिया चम्चा घ्युकुमारीको जेल मिसाउने र यसलाई अनुहारमा सुक्न दिने । १५ मिनेटपछि चिसो पानीले पखाल्ने । 

अनुहारको छालाका लागि घ्युकुमारी निकै फाइदाजनक हुन्छ । घ्युकुमारीमा भिटामिन, एन्टिअक्सिडेन्ट, खनिज, एमिनो एसिड हुन्छ । जसले सनबर्न, अनुहारमा आउने दाना र चायाँपोतो हटाउन मद्दत गर्छ । साथै काक्रोमा पाइने भिटामिन र पोषक तत्वले अनुहारमा सुख्खापन र उमेर बढ्दै जाँदा छालामा आउने समस्याबाट छुटकारा दिलाउँछ । 

यी तीनै उपायले छालामा कोलेजन उत्पादन गर्न मद्दत गर्छ । यसले अनुहारमा आउने चाउरीलायृ समेत कम गर्छ भने अनुहारमा आउने विभिन्न समस्या पनि कम गर्छ । 

३. मह र टमाटरको प्याक

मह र टमाटरले अनुहारमा आउने चाउरी र बुढोपन हटाउन मद्दत गर्छ । यसको प्याक बनाउनका लागि आधा कप टमाटरको लेदोमा १ चिया चम्चा शुद्ध मह मिसाउने र अनुहारमा लगाउने । १५ मिनेटसम्म उक्त प्याक अनुहारमा राखेर चिसो पानीले मुख धुने । 

महमा प्राकृतिक एन्टिसेप्टिक, किटाणुरोधी र एन्टिइन्फ्लेमेटरी गुण हुन्छ । जसले अनुहारलाई दागरहित बनाउँछ । यसका साथै टमाटरमा पाइने विभिन्न पोषक तत्वले अनुहारको छालालाई स्वस्थ्य राख्छ । टमाटरमा हुने भिटामिन सीले अनुहारको दागधब्बा हटाउँछ । पोटाशियम र म्याग्नेशियम हुने भएकाले यी चिजले तपाईंको छालालाई मोस्चराइज र चमक प्रदान गर्छ । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य