२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माथिल्लो चमेलियामा पाँच अर्ब १८ करोड लगानी

११ आश्विन २०७७, आईतवार १५:४०

असोज ११, काठमाडौँ (रासस) । दार्चुला जिल्लामा आयोजना स्थल रहेको माथिल्लो चमेलिया जलविद्युत् आयोजनामा विभिन्न बैंक तथा वित्तीय संस्थाले रु पाँच अर्ब १८ करोड लगानी गर्ने भएका छन् । बहुपक्षीय लगानीसम्बन्धी सम्झौतामा आज आयोजनाको प्रवद्र्धक अपि पावर कम्पनी र बैंकका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

कूल ४० मेगावाट क्षमताको सो आयोजनाको कूल लागत रु सात अर्ब ४० करोड रहेको छ । आयोजनामा बैंक तथा वित्तीय संस्थाले रु पाँच अर्ब १८ करोड लगानी गर्ने छन् भने रु दुई अर्ब २२ करोड भने प्रवद्र्धक कम्पनीले हकप्रद शेयरमार्फत जुटाउने भएको छ ।

आयोजनामा हिमालन बैंक लिमिटेडको अगुवाइमा कर्मचारी सञ्चय कोष, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, नेपाल बंगलादेश बैंक लिमिटेड र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले लगानी गर्ने भएका छन् । कम्पनीले ८.५ मेगावाट क्षेमताको नौगडगाढ जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी २०७२ भाद्र २ गतेदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडेको थियो ।

यस्तै कम्पनीले दोस्रो  आयोजनाको रुपमा सोही नदीको पानी उपयोग गरी आठ मेगावाट क्षमताको अपर नौगड गाढ जलविद्युत् आयोजना २०७६ साल कार्तिक १३ गतेदेखि राष्ट्रिय प्रसारणमा जोडेको थियो ।

दुवै आयोजनाबाट उत्पादित विद्युत् शक्ति नेपाल विद्युत प्राधिकरणको अत्तरिया–बलाँच १३२ केभी प्रसारण  लाइनमार्फत विद्युत् प्रवाह गरिरहेको छ । आयोजनाबाट उत्पादित विद्युत् १३२ केभी प्रसारण लाइनमार्फत प्राधिकरणको बलाँच सवस्टेशनमा जोडिनेछ । आयोजनाबाट वार्षिक रु २६ करोड ४१ लाख युनिट विद्युत् उत्पादन हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान