Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आफ्नै छोरी बलात्कार गर्ने बाबु पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज १२, धादिङ | आफ्नै छोरीको बलात्कार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । चौध वर्षीया छोरीलाई पटक–पटक  बलात्कार गरेको आरोपमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका ३५ वर्षीय बाबुलाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताउनुभयो ।

पीडितका आमा र भाइ घर नभएको बेलामा असोज ८ गते पछिल्लो पटक बलात्कार गरेको पीडितले प्रहरीलाई बताएकी छिन् ।

प्रहरीको सहयोगमा जिल्लामा सञ्चालित सुरक्षित आवास गृहमा राखिएकी बालिकाको स्वास्थ्यपरीक्षण गरिएको छ ।

घटना पटक–पटक भएको र आफ्नो आमाले घटना थाहा पाउँदासमेत आफूले न्याय नपाएपछि घर छाडेर भागेको बालिकाले बताएकी छिन् ।

आरोपित बाबुले आफूलाई पाँच वर्षको उमेरदेखि नै बलात्कार गर्दै आएकाले छिमेकीको घरमा काम गर्ने एक जनासँग भागेर  काठमाडौँ जान लाग्दा पीडित बालिकाको उद्वार गरिएको थियो । रासस