२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दोलखामा सामाजिक वहिस्कार गरेको आरोपमा पाँच जनालाई पुर्पक्षका लागि कारागार चलान

२०७७, १२ आश्विन सोमबार १५:४८

असोज १२, चरिकोट, रासस । बोक्सा बोक्सी भन्दै सामाजिक वहिस्कार गरेको आरोपमा पक्राउ परेका पाँच जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ । 

दोलखाको विगु गाउँपालिका–५ का एक दम्पतीलाई बोक्सा बोक्सी भन्दै सामाजिक वहिस्कार गरेको आरोपमा पक्राउ परेकामध्ये थप पाँच जनालाई जिल्ला अदालत दोलखाले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । 

जिल्ला न्यायाधीश कविप्रसाद न्यौपानेको एकल इजलासले आइतबार भएको थुनछेक बहसपछि विगु गाउँपालिका–५ का हिरालाल श्रेष्ठ, शिरबहादुर श्रेष्ठ, खिलबहादुर मगर, मानबहादुर श्रेष्ठ र खड्गबहादुर मगरलाई जिल्ला कारागारमा थुनामा पठाइएको हो ।

सामाजिक वहिस्कार गराउन सहयोग गरेकोमा पक्राउ परेका छ मध्ये पाँच जना कारागार चलान भएका छन भने प्रेमबहादुर गुरुङलाई तीन लाख धरौटी तोकिएको छ । उनीहरुलाई प्रहरीले असोज ७ गते आफ्नै घरबाट पक्राउ गरेको थियो । 

पक्राउ परेको उनीहरु विगु गाउँपालिका–५ चिलङ्खास्थित स्याँखुका एक दम्पतीलाई बोक्साबोक्सीको आरोप लगाउँदै सामाजिक वहिस्कार गरेको थियो । स्थानीय टोल सुधार समितिको बैठकले सामाजिक वहिस्कार गर्ने निर्णय गर्दै ती दम्पत्तीमाथि दुव्र्यवहार गरेको थियो ।

उक्त घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका १४ जनामध्ये आठ जना पुर्पक्षका लागि थुनामा रहेका छन् भने बाँकीलाई धरौटी र साधारण तारेखमा राखिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी