2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाँदरका लागि वनमै फलफूल रोपण

September 29, 2020

असोज १३, महोत्तरी । बाँदरले बस्ती पसेर घरकै अन्नपात नोक्सान गर्न थालेपछि महोत्तरीको एउटा सामुदायिक वन उपभोक्ता समितिले वन क्षेत्रमै सघन फलफूल रोपण शुरु गरेको छ । जिल्लाको बर्दिवास नगरपालिका–१ को चिहानडाँडा सामुदायिक वन उपभोक्ता समितिले बाँदरलाई वनमै रमाउने बनाउन आफ्नो वन क्षेत्रमा सघन फलफूल रोपण शुरु गरेको हो । 

यस अभियानअन्तर्गत यसपालि बर्खामा एक हजार ५०० फलपूmलका बिरुवा रोपिएको समितिका अध्यक्ष घनश्याम न्यौपानेले जानकारी दिनुभयो । “वनमा खानेकुरा नभएपछि बाँदर बस्ती पस्ने हुन्”, अध्यक्ष न्यौपानेले भन्नुभयो, “हामीले बाँदरका मन पर्ने फल वनमा भेटिउन् भनेर यस पालिदेखि सघन फलफूल रोपण शुरु गरेका हौँ ।” यस क्रममा यसपालि गएको बर्खामा अम्बा, अमला, जामुन, फडिर र महुवा गरी एक हजार ५०० बिरुवा रोपिएको न्यौपानेको भनाइ छ ।

अबको दुई वर्षपछि वनमै फल लटरम्म फल्न थालेपछि बाँदर, अन्य शाकाहारी वन्यजन्तु र चराचुरुङ्गी वनमै रमाउने समितिको ठम्याइ छ । नयाँ फलफूल र अन्य वनस्पति रोपिएसँगै वन क्षेत्र घना हुँदै जाने र वन्यजन्तु त्यहीँ रमाउने अध्यक्ष न्यौपाने बताउनुहुन्छ ।

बर्दिवास–१ को अति व्यस्त बर्दिवास चोकबाट ५०० मिटर मात्र उत्तरमा पर्ने यो वन क्षेत्र ४४ हेक्टरमा फैलिएको छ । यसपालि बर्खामा लगाइएका फलका बिरुवा र गल्छी पहिरो रोकथामका लागि रोपिएका ७५० झ्याङ बाँस सबै सरेर हलक्क बढेको न्यौपाने बताउनुहुन्छ । वन क्षेत्र हराभरा भएपछि मुख्य चोकको सौन्दर्य अझ बढेको बर्दिवासवासी बताउँछन् । 

समितिले वन सुरक्षाका लागि एक जना वन हेरालु नै नियुक्त गरेको छ । जिल्लाका अन्य भेगका वन क्षेत्र जताततै अतिक्रमणको चपेटामा परे पनि आफ्नो वन भने सुरक्षित रहेको न्यौपानेको जिकिर छ । “हामीले वनलाई मानव प्रवेश निषेध बनाएका छौँ” न्यौपाने भन्नुहुन्छ, “प्रत्येक वर्ष हिउँदमा बाँस भने उपभोक्तालाई उपलब्ध गराउँछौँ ।” बाँसको झ्याङ निकै बढेपछि नयाँ तामा नफस्टाउने र अन्य वनस्पति पनि बाँसको छायाँमा नबढ्ने भएको हुँदा बर्सेनि केही बाँस छासेर उपभोक्तालाई दिने गरिएको समितिले स्पष्ट पारेको छ ।

सुरक्षा प्रबन्ध राम्रो भएपछि वनक्षेत्र सघन र मनोरम बन्दै गएको नगरवासी बताउँछन् । एक दशकअघि नाङ्गो डाडाँ भनेर चिनिने यो वन क्षेत्रमा अहिले मयुर र अन्य चराच्रुङ्गी ह्वात्तै बढेका छन् । “घर नजिकैको पाखामा मयुरका जोडी नाचेको देखिन्छ, थरीथरीका रङ्गीचङ्गी चरा फुरफुर गर्दै उडेका देखिन्छन्”, वन नजिकैको बस्तीकी गृहिणी राधा गौतम भन्नुहुन्छ, “पछिल्ला केही वर्षयताका वन सुरक्षाका सकारात्मक प्रयत्नले वनक्षेत्र फेरि हराभरा देखिन थालेको छ ।”

समितिको सकारात्मक प्रयत्नले प्रदेश–२ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको पनि साथ पाएको छ । मन्त्रालयले गल्छी र पहिरो नियन्त्रणका उपाय अवलम्बन गर्न उपलब्ध गराएको रु २४ लाख ९५ हजारले वनक्षेत्रका तीनवटा खोल्सीमा चेकड्याम (छहरा बाँध) र एउटा पोखरी निर्माण भएको वन समितिकै उपभोक्ता रहनुभएका बर्दिवास–१ का वडाध्यक्ष चूडामणि पोखरेल बताउनुहुन्छ । 

“यो वन क्षेत्रभित्र पानी खोल्सी, साँपमारा र पाटा (बलवनी)समेत तीनवटा मुख्य खोल्सी छन्”, वडाध्यक्ष पोखरेलले भन्नुभयो, “यी खोल्सीमा सघन बाँस रोपण, मानव प्रवेश निषेध र चेकड्याम बनेपछि पहिरो लडेर गेगर्यान बस्ती पस्न कम भएको छ ।” यसपालि धेरै पानी परेको बर्खामा विगत वर्षजस्तो गेगर्यान पसेर घर नलडाएको पोखरेल बताउनुहुन्छ । बरु यसपालि त सबै खोल्सीमा एक दशकपछि कञ्चन पानी बगिरहेको देख्दा मन प्रफुल्ल हुने गरेको पोखरेलसहित बर्दिवास–१ का बासिन्दा बताउँछन् ।

चिहानडाँडा वनउपभोक्ता समितिले वन क्षेत्रको सुरक्षा र सम्वद्र्धनमा नमूना काम गरिरहेको डिभिजन वन कार्यालय महोत्तरीको पनि मूल्याङ्कन छ । “चिहानडाँडा सामुदायिक वन उपभोक्ता समितिले वन संरक्षण र सम्वद्र्धनमा राम्रो चासो बढाएको छ”, डिभिजन प्रमुख हेमन्तप्रसाद साहले भन्नुभयो, “हामीले यी सकारात्मक चासोमा सहयोग बढाएका छौँ ।” समितिले सुरक्षाको प्रत्याभूति दिन थालेपछि कार्यालयले नयाँ बिरुवा रोपणका लागि मागअनुसार बिरुवा दिँदै आएको साह बताउनुहुन्छ । रासस 





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ