२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राहुल र प्रियंका गान्धी गिरफ्तार, राहुलको प्रश्न: यो देशमा मोदी बाहेक कोही हिड्न नपाउने हो ?

२०७७, १५ आश्विन बिहीबार १४:४१

असोज १५, नोइडा (रासस/एएनआई) | भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसका दुई शिर्ष नेता बिहीबार गिरफ्तारीमा पर्नुभएको छ । पार्टीका निवर्तमान अध्यक्ष राहुल गान्धी र महासचिव प्रियंका गान्धीलाई प्रहरीले यमुना द्रतमार्ग नजिकैबाट बिहीबार दिउसो गिरफ्तार गरेको हो । 

गत सेप्टेम्बर २९ तारिखका दिन सामुहिक बलात्कारपछि हत्या गरिएकीको घर रहेको हथ्रासतर्फ गइरहेका बेला उहाँहरुलाई गिरफ्तार गरिएको समाचारमा जनाइएको छ । उहाँहरुलाई उत्तर प्रदेशको प्रहरीले नियन्त्रणमा लिएर गिरफ्तार गरेको अधिकारीहरुले जानकारी दिएका छन् । गान्धीद्धयसँगै अन्य केही नेताहरुलाई पनि गौतम बुद्ध नगरबाट गिरफ्तार गरेको हो । 

काँग्रेस कार्यकर्ताहरुका अनुसार दिल्ली नोइडा राजमार्गमा र्याली गरेर हथ्रासतर्फ गइरहेका बेला उनीहरुलाई प्रहरीले अवरोध गरेको थियो ।प्रहरीले अवरोध गरेर गिरफ्तार गरेपछि उहाँले आक्रोशित हुदै प्रश्न गर्नुभयो, “के यो मुलुकमा मोदीजी मात्रै हिड्न पाउने व्यवस्था छ ?” उहाँले भारतमा सामान्य मान्छेहरु हिड्न पनि नपाएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । 

नेता गान्धीले आफूलाई प्रहरीले जवरजस्ती समातेर लाठी चार्ज गरेको, भुइमा लडाएको र धकेलेको आरोप पनि लगाउनु भएको छ ।   उहाँले आफ्ना सवारी साधनहरु रोकिएकाले आफुहरु हिडेको भन्दै प्रहरीलाई आफूलाई हिड्न दिन आग्रह गर्नुभएको थियो । 

“म एक्लै हथ्रास तर्फ हिडेर जान चाहन्छु, कृपया मलाई हिड्न दिनुस्, मलाई नरोक्नुस्, मलाई तपाईहरुले किन गिरफ्तार गर्दै हुनुहुन्छ ?,” उहाँले भन्नुभएको थियो । उहाँको त्यो प्रश्नपछि प्रहरीहरुले उत्तर दिदै भनेका थिए, “ सरकारले जारी गरेको आदेश पालना नगरेकाले हामीले तपाईलाई आइपिसीको १८८ अनुसार गिरफ्तार गर्दैछौँ ।” 

नोइडाको अतिरिक्त नायव प्रहरी आयुक्त रणविजय सिंहले कोरोनाभाइरसको महामारीका कारण सरकारले महामारी ऐन अनुसारको आदेशहरु जारी गरेको र त्यसलाई उहाँहरुले उलंघन गरेको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ