२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्ट्रेलिया, न्यूजील्यान्डबीच यात्रा अबरोध हट्यो

२०७७, १६ आश्विन शुक्रबार ०७:३४

असोज १६, क्यानबेरा (रासस/एपी) । कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न भन्दै रोकिएको अस्ट्रेलिया र न्यूजील्यान्डबीच यात्रा आंशिक रुपमा खुला भएको छ । 

अस्ट्रेलियाका यातायात मन्त्री माइकल म्याककोर्माकले न्यूजील्यान्डका यात्रुहरुले अस्ट्रेलियाका सिड्नी र डार्बिनमा बिना क्वारेन्टिन हवाई यात्रा गर्न सक्ने जानकारी दिनुभयो । तर यस्ता यात्रुहरु न्यूजील्यान्डमा कोभिड–१९ को हटस्पटका रुपमा परिचित क्षेत्रभन्दा बाहिर करिब दुई साता बसेको हुनुपर्नेछ । तर न्यूजील्यान्डले भने अस्ट्रेलियाबाट आउने सबै यात्रुलाई दुई साता होटलको क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाएको छ । उक्त नियममा फेरबदल गर्न न्यूजील्यान्डले अस्वीकार गर्दै आएको छ । 

मन्त्री म्याककोर्माकले आफूहरु जतिसक्दो चाँडो विश्वका लागि खुला गर्न प्रयासरत रहेको जानकारी दिँदै न्यूजील्यान्ड पहिलो चरणमा खुला गरिएको बताउनुभयो । उहाँले न्यूजील्यान्डबाट कोरोना संक्रमण फैलिने जोखिम निकै कम देखिएको पनि बताउनुभयो । 

मन्त्री म्याककोर्माले दक्षिण अस्ट्रेलियाको राजधानी एडिलेडले न्यूजील्यान्डबाट आउने यात्रुलाई क्वारेन्टिनमा बस्न नपर्ने घोषणा गरेको पनि जानकारी दिनुभयो । तर अस्ट्रेलियाबाट न्यूजील्यान्ड जान चाहने अस्ट्रेलियाली नागरिकका सम्बन्धमा न्यूजील्यान्डका प्रधानमन्त्री जसिन्डा आर्डेनले निर्णय गर्न बाँकी रहेको उहाँले बताउनुभयो । 

अस्ट्रेलियाका विभिन्न राज्यहरुले कोरोनाभाइरसको संक्रमण थप फैलिन सक्ने भन्दै आम मानिसको यात्रामाथि प्रतिबन्धहरु घोषणा गरेका छन् । खासगरी भिक्टोरिया राज्यले कडा नियम अघि सारेको छ जहाँ कोरोनाभाइरसबाट देशभर ८८८ जनाको मृत्यु भएकामा भिक्टोरियामा मात्र ८०२ जनाको ज्यान गएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित