३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्ट्रेलिया, न्यूजील्यान्डबीच यात्रा अबरोध हट्यो

१६ आश्विन २०७७, शुक्रबार ०७:३४

असोज १६, क्यानबेरा (रासस/एपी) । कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न भन्दै रोकिएको अस्ट्रेलिया र न्यूजील्यान्डबीच यात्रा आंशिक रुपमा खुला भएको छ । 

अस्ट्रेलियाका यातायात मन्त्री माइकल म्याककोर्माकले न्यूजील्यान्डका यात्रुहरुले अस्ट्रेलियाका सिड्नी र डार्बिनमा बिना क्वारेन्टिन हवाई यात्रा गर्न सक्ने जानकारी दिनुभयो । तर यस्ता यात्रुहरु न्यूजील्यान्डमा कोभिड–१९ को हटस्पटका रुपमा परिचित क्षेत्रभन्दा बाहिर करिब दुई साता बसेको हुनुपर्नेछ । तर न्यूजील्यान्डले भने अस्ट्रेलियाबाट आउने सबै यात्रुलाई दुई साता होटलको क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाएको छ । उक्त नियममा फेरबदल गर्न न्यूजील्यान्डले अस्वीकार गर्दै आएको छ । 

मन्त्री म्याककोर्माकले आफूहरु जतिसक्दो चाँडो विश्वका लागि खुला गर्न प्रयासरत रहेको जानकारी दिँदै न्यूजील्यान्ड पहिलो चरणमा खुला गरिएको बताउनुभयो । उहाँले न्यूजील्यान्डबाट कोरोना संक्रमण फैलिने जोखिम निकै कम देखिएको पनि बताउनुभयो । 

मन्त्री म्याककोर्माले दक्षिण अस्ट्रेलियाको राजधानी एडिलेडले न्यूजील्यान्डबाट आउने यात्रुलाई क्वारेन्टिनमा बस्न नपर्ने घोषणा गरेको पनि जानकारी दिनुभयो । तर अस्ट्रेलियाबाट न्यूजील्यान्ड जान चाहने अस्ट्रेलियाली नागरिकका सम्बन्धमा न्यूजील्यान्डका प्रधानमन्त्री जसिन्डा आर्डेनले निर्णय गर्न बाँकी रहेको उहाँले बताउनुभयो । 

अस्ट्रेलियाका विभिन्न राज्यहरुले कोरोनाभाइरसको संक्रमण थप फैलिन सक्ने भन्दै आम मानिसको यात्रामाथि प्रतिबन्धहरु घोषणा गरेका छन् । खासगरी भिक्टोरिया राज्यले कडा नियम अघि सारेको छ जहाँ कोरोनाभाइरसबाट देशभर ८८८ जनाको मृत्यु भएकामा भिक्टोरियामा मात्र ८०२ जनाको ज्यान गएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली