३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रूसमा मेपछि पहिलो पटक करिब १० हजार व्यक्तिमा कोभिड–१९ पुष्टि

१७ आश्विन २०७७, शनिबार १५:१४

असोज १७, काठमाडौँ | रूसले विगत २४ घण्टामा देशभर नौ हजार ८५९ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको जानकारी गराएको छ । गत मे १५पछि शनिबार सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सबैभन्दा बढी भएको कोरोनाभाइरस नियन्त्रण केन्द्रले बताएको छ । 

रूसको सरकारी तथ्याङ्क अनुसार अहिलेसम्म कूल १२ लाख चार हजार ५०२ व्यक्ति सङ्क्रमित भएका छन् । रूस कोभिड–१९ बाट विश्वको चौथो बढी सङ्क्रमित मुलुक हो ।

रूसमा शनिबारसम्म २१ हजार २५१ व्यक्तिको मृत्यु भएको छ भने नौ लाख ७५ हजार ८५९ व्यक्ति सङ्क्रमणमुक्त भएका छन् ।

केन्द्रका अनुसार विगत २४ घण्टामा सबैभन्दा बढी प्रभावित मस्को शहरमा दुई लाख ८८४ थप व्यक्ति सङ्क्रमित भएका छन् भने यहाँ कूल सङ्क्रमितको सङ्ख्या तीन लाखभन्दा बढी पुगेको छ ।

शुक्रबारसम्म दुई लाख २६ हजार ४३५ व्यक्ति स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् । रूसमा कूल चार करोड ७२ लाख व्यक्तिको कोरोनाभाइरस परीक्षण भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली