साउन १४, काठमाडौँ | हाँस्य कलाकारहरु सामाजीक काममा निकै सक्रिय भइरहेका छन् । टेलिभिजनको पर्दामार्फत दर्शक हँसाइरहेका उनीहरु दुख र पि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १४, काठमाडौँ | हाँस्य कलाकारहरु सामाजीक काममा निकै सक्रिय भइरहेका छन् । टेलिभिजनको पर्दामार्फत दर्शक हँसाइरहेका उनीहरु दुख र पि"/>
2026-09-18 10:03 PM
काठमाडौँ - KTM

सहयोगी मनहरुलाई जिग्री पाँडेको अपील

साउन १४, काठमाडौँ | हाँस्य कलाकारहरु सामाजीक काममा निकै सक्रिय भइरहेका छन् । टेलिभिजनको पर्दामार्फत दर्शक हँसाइरहेका उनीहरु दुख र पिडामा रहेका दर्शकको सहायतामा पनि सक्रिय देखिएका छन् । भूकम्पको समयमा सबै जसो हाँस्य कलाकारहरु भूकम्प प्रभावितको सहयोगार्थ खटिएका थिए । विभिन्न भूकम्प प्रभावित गाउँसम्म राहात वितरणका लागि पुगेका थिए । हाँस्य कलाकार जोडी सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)ले विद्यालय, शौचालयसँगै एकिकृत बस्ती नै बसाए । अहिले उनीहरु दोश्रो एकिकृत बस्ती निर्माण गरिरहेका छन् ।

यसैगरी, चर्चाको शिखरमा रहेको अर्को हाँस्य जोडी कुमार कट्टेल (जीग्री) र अर्जुन घिमिरे (पाँडे) पनि समाज सेवामा उत्तिकै सक्रिय देखिन थालेका छन् । उनीहरुले पार्टीगत रुपमा नभई अब जनता विकासको लागि एक हुनु पर्ने भन्दै न्युट्रल जनता अभियान सुरु गरेका छन् । धुर्मुस सुुन्तलीसँगै मिलेर सामाजीक काम गर्दै आएका उनीहरुले सोहि अभियान अन्र्तगत बाढी पहिरो पिडितका लागि सहयोग गर्न सहयोगी मनहरुसँग अपिल गरेका छन् । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको गिरान्चौर एकिकृत बस्ती निर्माणमा खटिरहेका उनीहरुले बाढी पहिरो पिडितका लागि सहयोग गर्न सबैसँग अपिल गरेका हुन् । 

आफ्नो फेसबुकमा एउटा स्टाटस लेख्दै उनीहरुले प्युठानको फोप्ली, लुङ, पूजा, अर्खा, राज्बरालगायतका बाढी पहिरो पिडितका लागि राहात अभियान संचालन गर्ने भन्दै सबैको सहयोग मागेका हुन् । आर्थिक सहयोगसँगै, लत्ता कपडा, औषधीलगायतका सामग्री समेत सहयोग गर्न सकिने उनीहरुले जनाएका छन् । सहयोग गर्न चाहने सहयोगी मनले ९८५१०५३६८५ मा सम्पर्क गर्न सक्नेछन् । आर्थिक सहयोग गर्न चाहने व्यक्ति वा संघ, संस्थाले लुम्बीनी बैंक नयाँ बानेश्वरको खाता नं १३२००४३३ मा सहयोग जम्मा गर्न सक्ने कुमार कट्टेलले जानकारी दिएका छन् । 

बाढी पहिरोबाट पिडितहरुलाई सहयोग पुर्याउने हेतुले सहयोग संकलन अभियान गरेको र सहयोग संकलन हुने बित्तिकै पिडित समक्ष पुर्याउन प्रतिबद्ध रहेको उनले बताएका छन् । धुर्मुस सुन्तलीसँगको सल्लाह र सहकार्यमा बाढी पिडितका लागि सहयोग संकलन अभियान चलाउन लागेको उनीहरुको भनाई छ । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई