२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्णालीमा थप ५१ सङ्क्रमित, ४५ सङ्क्रमणमुक्त

१८ आश्विन २०७७, आईतवार ०२:२४

असोज १८, कर्णाली | पछिल्ला दिनहरुमा कर्णालीमा कोरोना सङ्क्रमण नियन्त्रणमा आउन सकेको छैन । दिनहुँ सङ्क्रमित बढ्ने क्रम जारी भए पनि सरोकारवाला निकायदेखि नागरिक सावधानी भएको पाइँदैन । दैनिक कार्यालयदेखि पाटीपौवासम्म देखिने मानव भीडले होला शनिबार पनि कर्णाली प्रदेशमा थप ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा ४२ र दैलेख अस्पतालमा गरिएको परीक्षणमा नौ गरी ५१ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिनुभयो ।

“शनिबार पुष्टि भएका सङ्क्रमितमा गृहणीदेखि क्याम्पस लेक्चररसम्म छन्”, स्वास्थ्य शिक्षा अधिकृत कँडेलले भन्नुभयो, “बाह्र जना त स्वास्थ्यकर्मी मात्रै छन् । शनिबार पुनः ५१ जना थपिएसँगै कर्णालीमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या तीन हजार ७८० पुगेको छ ।” सङ्क्रमितमा सुर्खेतका ३७, दैलेखका १०, कालीकोटका एक र प्रदेशबाहिरका तीन व्यक्ति रहेको उहाँले बताउनुभयो ।

अधिकृत कँडेलका अनुसार पछिल्लो २४ घण्टामा सुर्खेतमा कोरोना सङ्क्रमण पुष्टि हुनेहरुमा कन्ट्याक्ट ट्रेसिङमा परेका दुई, स्वास्थ्यकर्मी १२, बहालवाला दुई र अवकाश एकसहित तीन कर्मचारी, क्वारेन्टिनमा रहेका पाँच, विद्यार्थी चार, व्यापारी तीन, कृषक, नेपाली सेना, गृहणी, लेक्चरर, सहकारी, सुनचाँदी पसल र शिक्षक एक/एक व्यक्ति रहेका छन् । दैलेखमा भने नौ नागरिकमा सङ्क्रमण देखिएको हो ।

त्यस्तै शनिबार ४५ जना कोरोना सङ्क्रमणमुक्त भएसँगै कर्णालीमा कोरोना जितेर घर फिर्ता हुनेको सङ्ख्या तीन हजार ९० पुगेको अधिकृत कँडेलको भनाइ छ । प्रदेशका विभिन्न आइसोलेसनमा ६०५ जना रहेका छन् । कोरोना महामारीका रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेका आवश्यक निर्देशन तथा मापदण्डको पालना नगर्दा पछिल्लो समयमा यहाँका सबै क्षेत्रमा सङ्क्रमण फैलिँदै गएको जनाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ