३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पृथ्वीको नजिक आयो मंगल ग्रह, आज बेलुका ८:०३ बजे हेर्नुहोस्

२० आश्विन २०७७, मंगलवार ०५:४६

असोज २०, काठमाडौँ | मंगल ग्रह अहिले पृथ्वीको नजिक आइपुगेको छ । सन २००३ पछि मंगल ग्रह पहिलो पटक पृथ्वीको नजिक आएको र अब १५ वर्षपछि मात्रै  मंगलग्रह पृथ्वीको अहिलेको जस्तो नजिकको दुरीमा आउने वैज्ञानिकहरुले बताएका छन् ।

अक्टोबर महिनाको हरेक रातभर मंगलग्रह पृथ्वीबाट स्पष्ट रुपमा देख्न सकिन्छ । हरेक बेलुका पूर्वबाट देखिने मंगल ग्रह सबेर बिहान पश्चिम तिर देखिन्छ ।

रातिको समयमा आकाशमा हेर्दा रातो तारा देख्नु भयो भने त्यो नै मंगल ग्रह हो । सधैँ यो रातो तारा यसरी स्पष्ट पृथ्वीबाट देख्ने अवसर पाउनुहुनेछैन । 

मंगल ग्रह मंगलबार बेलुका ८ बजेर तीन मिनेट जाँदा पृथ्वीबाट सबैभन्दा नजिक आउने छ । त्यसबेला मंगल ग्रह पृथ्वीबाट ३८,५८६,८१६ माइलको दूरीमा हुन्छ । यसपछि सन् २०३५ सम्म मंगल ग्रह पृथ्वीबाट यति नजिक हुँदैन ।


सन् २००३ मा मंगल ग्रह पृथ्वीको सबैभन्दा नजिक आएको थियो, त्यो बेला मंगल ग्रह र पृथ्वीबिचको दूरी ३४.६५ मिलियन माइल थियो ।

आउँदो हप्ता पृथ्वी मंगल ग्रह र सूर्यको बिचमा पर्ने छ । मार्स अपोजिसन भनिने यो अवस्था अक्टोबर १३ मा हुनेछ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार सो दिन मंगल ग्रहले पृथ्वीको एक पक्षमा घाम छेक्ने छ ।

मंगल ग्रह र पृथ्वीले पूर्ण वृत्तमा परिक्रमा गर्दैनन् । उनीहरुको परिक्रमा चक्र ओभल जस्तो छ।

उदहारणका लागि पृथ्वीले सूर्यलाई परिक्रमा गर्नका लागि ३६५ दिन लगाउँछ । मंगल ग्रहलाई परिक्रमा पूरा गर्नका लागि ६८७ दिन लाग्छ । जब पृथ्वी सूर्यको नजिक पुग्छ तब मंगल ग्रह पर जान्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली