साउन १४, गौशाला । महोत्तरीको श्रीपुर गाविसमा क्षयरोग बिरामीलाई म्याद सकिएको औषधि खुवाउने एक चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा श्रीपुर स्वास्थ्य चौकी इन्चार्ज एवम् चिकित्सक जिल्लाकै सरपल्लो गाविस–२ बस्ने ५५ वर्षीय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १४, गौशाला । महोत्तरीको श्रीपुर गाविसमा क्षयरोग बिरामीलाई म्याद सकिएको औषधि खुवाउने एक चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा श्रीपुर स्वास्थ्य चौकी इन्चार्ज एवम् चिकित्सक जिल्लाकै सरपल्लो गाविस–२ बस्ने ५५ वर्षीय"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्याद सकिएको औषधि खुवाउने चिकित्सक पक्राउ

१४ श्रावण २०७३, शुक्रबार ०९:४९

साउन १४, गौशाला । महोत्तरीको श्रीपुर गाविसमा क्षयरोग बिरामीलाई म्याद सकिएको औषधि खुवाउने एक चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा श्रीपुर स्वास्थ्य चौकी इन्चार्ज एवम् चिकित्सक जिल्लाकै सरपल्लो गाविस–२ बस्ने ५५ वर्षीय रामकिशोर साह रहेको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए । 

प्रहरीका अनुसार २०७३ जेठ ६ गते का दिन श्रीपुर–९ बस्ने सन्तोष झाका छोरा छ वर्षीय सर्वेश झालाई क्षयरोग भएकामा औषधि उपचार गराउन स्वास्थ्य चौकी श्रीपुरमा लैजाँदा उक्त स्वास्थ्य चौकीका इन्चार्ज सिअहेब रामकिशोर साहले चेकजाँच गरी औषधि उपचार गर्ने क्रममा क्षयरोगको म्याद सकिएको औषधि सेवन गर्न दिएका थिए । 

बिरामी झाले औषधि सेवनपछि पनि रोग निको नभएपछि औषधि जाँच गराउँदा सो औषधिको मिति सिद्धिइसकेको बिरामीका बुबा सन्तोष झाले कालोबजारी मुद्दामा कारबाही गरी पाऊँ भन्ने बेहोराको जाहेरी दरखास्त यही साउन १२ गते इलाका प्रहरी कार्यालय गौशाला महोत्तरीमा जानकारी दिएका थिए । 

स्वास्थ्य चौकी श्रीपुरमा खानतलासी गर्दा उक्त औषधिको म्याद केही महिनाअघि नै सकिएकाले २५२ ट्यावलेट बरामद भएकामा सोको बरामदी मुचुल्का गरी निज सिअहेब राजकिशोर साहलाई प्रहरीले बिहीबार पक्राउ गरेको प्रहरी उपरीक्षक भट्टराईले बताए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान