३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भालुबाङको भाग्य चम्कियो

२२ आश्विन २०७७, बिहीबार ०२:११

असोज २२, काठमाडौं । वर्षैंदेखि पुर्जा विहीन भालुबाङले कहिले पनि प्रदेशको स्थायी राजधानीको परिकल्पना गरेको थियो। पूर्व–पश्चिम महेन्द्र राजमार्ग निर्माणका क्रममा मजदुरहरूले त्रिपाल टाँगेर बस्ती विकास भएको ‘अस्थायी भालुबाङ’ को चिन्तन एउटा मात्रै थियो ‘स्थायी लालपुर्जा’। लामो समयदेखिको अथक प्रयासका बाबजुत लालपुर्जा हात नपर्नुले भालुबाङलाई जहिल्यै ‘अभागी’ महशुस गरायो। तर, त्यहीँ ‘अभागी’ अस्थायी भालुबाङ मंगलबार भाग्यमानी सावित भयो।

प्रादेशिक राजधानीको प्रमुख हिस्सेदार (केन्द्र) बनेको भालुबाङले पाएको यो अमूल्य हिस्सा उसकै लागि ‘अकल्पनीय’ बन्यो। ‘बस्तीको लालपुर्जासम्म पाउन नसकेको भालुबाङले प्रादेशिक राजधानी पाउला भन्ने त कल्पनाभन्दा बाहिरको कुरा थियो,’ स्थानीय ताराबहादुर डाँगी भने, ‘यो अनुपम उपहार भालुबाङका लागि अकल्पनीय नै हो।’

पहिलो प्रतिनिधिसभा÷प्रदेशसभाको निर्वाचनको समयमा जिल्लाका अन्य भेगमा जस्तै भालुबाङमा ‘दाङ राजधानी’ को नारा प्रमुख चुनावी अजेण्डाका रूपमा घन्कीयो। आँफूलाई भेगीय रूपमा उपेक्षित महशुस गर्दै आएको भालुबाङले त्यो बेलाको नारामा उल्लेख भएको ‘राजधानी’लाई आँफूसँग प्रत्यक्ष रूपमा जोडेर हेर्न सकेन।

‘दाङ उपत्यका दक्षिण एशियाकै ठूलो उपत्यका रहेकाले राधजानी भइहाले पनि त्यहीँ उपत्यकामा बस्छ भन्नेमा हामीहरु ढुक्क थियौँ।’ ताराले भने, ‘निर्वाचन पश्चात् दाङ राजधानीका पक्षमा भालुबाङमा पनि आगो बल्यो।

दाङको घोराही, तुलसीपुरको आन्दोलन जस्तै भालुबाङले पनि पूर्वी सीमा क्षेत्रमा ठूलो शक्ति देखायो। तर साविक लुम्बीनी अञ्चलको सीमा क्षेत्रमा शक्ति प्रदर्र्शन गरेको भालुबाङलाई त्यो बेला पनि राजधानी केन्द्रको अपेक्षा थिएन।’ यो समाचार आजको नागरिक दैनिकमा देवेन्द्र बस्नेतले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली