२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

ॐ पार्क निर्माणदेखि, होमस्टे, जिमक्लबसम्म तयार गरेका छौं– सुवासचन्द्र पौडेल (भिडियो)

२३ आश्विन २०७७, शुक्रबार ०३:०५


पर्वत ।   स्थानीय तहको निर्वाचन भएको झण्डै तीन वर्ष हुन लागि सक्यो । यो बेलासम्म स्थानीय तहले केके काम गरे ? के के काम गर्न बाँकी छन्  र जनप्रतिधिहरुले चुनावको बेलामा गरेका प्रतिबद्धा केके पूरा गरे भन्नेबारेमा हामीले स्थानीय जनप्रतिनिधिसंग बुझ्ने प्रयास गरेका छौं ।

यसैबीच कुश्मा नगरपालिका ७ का वडा अध्यक्ष सुवासचन्द्र पौडेलसँग अहिलेसम्म भएका र हुन बाँकी काम र योजनाबारे जानकारी लिने प्रयास गरेका छौं । वडा नं ७ कुश्मा बजारभित्रै भएका कारण त्यहाँको प्रथामिकतामा शिक्षा, स्वास्थ्य, खानेपानी र महिला शशक्तिकरण परेको छ । बाटोघाटोको स्तरोन्नती आफ्नो ठाउँमा भइरहेको छ वडा अध्यक्ष पौडेलले भने । 


कुश्मा ७ मा सामुदायिक होमस्टेदेखि  गोदाममा सार्वजनिक जीम क्लब निर्माण भएको छ । त्यतिले मात्रै नपुगेर कुश्मा बजारको समस्याको रुपमा रहेको छाडा पशुचौपायाको व्यवस्थापानको लागि गौशाला नै निर्माण भएको छ ।  सडकमा सोलार प्यानल राखेर उज्यालो बनाइएको छ भने सडकको स्तरोन्नती गरिएको छ ।

महिला दिदीबहिनीहरुको शशक्तिकरणको लागि विभिन्न प्रकारका तालिम तथा सीप मुलक कार्यक्रम अगाडी सारिएको छ, एक घर एक कृषि टनेल निर्माण गर्नको लागि प्रोत्साहन गरिएको छ । अझै बनौ भने कन्दमुल –तरुल ) को खेतीको लागि कुश्मा ७ का नगरबासीलाई निशुल्क तरुलको विरुवा वितरण, घाँसका विरुवा वितरण गरिएको छ  वडा अध्यक्ष पौडेलले भने ।

खरेहामा ॐ पार्क निर्माणको अन्तिम चरणमा छ । जिल्लामा धार्मिक पर्यटक भित्राउनको लागि १०८ बरपिपलको चौतारो सहितको ॐ पार्क निर्माणलाई अगाडाी बढाईएको छ  वडाअध्यक्षले बने ।

कुश्मा, खरेहा बजारमा त्यहाँको ढल व्यवस्थापन, सडकको स्तरोन्नती, एकिकृत कर संकलनमा जोड दिएको ,शिक्षा, कृषि क्षेत्रमा पनि काम गरेको उनले बताए ।

उक्त वडामा के कति काम भए त्यसको बारेमा वडा अध्यक्षकै शब्दमा बुझ्नको लागि यो भिडियो हेर्नुहोस



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान