2026-08-16 11:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दुईवटाबाहेक अरू माग सम्बोधन गर्न गाह्रो छैन : अशोककुमार राई, शिक्षामन्त्री

असोज ५, काठमाडौँ |

देशभरका शिक्षक आन्दोलनमा छन्, माग सम्बोधनमा सरकार किन कठोर छ ? 

सरकार कठोर बनेकै होइन, विधेयकमा थुप्रै काम गर्न बाँकी छ। उहाँहरूलाई खुसी पार्ने धेरै विशेषता पनि त्यसमा समेटिएका छन्। तर, त्यसमा भएका केही बुँदालाई लिएर शिक्षकहरू सडक आइहाल्नुभयो। उहाँहरूका मागप्रति सरकार गम्भीर छ। शिक्षकलाई दुःखी वा अन्यायमा पार्ने सरकारको मनसाय होइन।

विधेयकमा शिक्षक आतंकित पार्ने व्यवस्था कसरी समेटिए ?

नकारात्मक तरिकाले विधेयक तर्जुमा भएको हुँदै होइन, त्यसैले त अहिले बहस र छलफल जरुरी देखिएको हो। हामीले जे–जे सच्याउन सकिनेछन्, सच्याउँछौँ। शिक्षकले बढी पेसागत हकहितकै माग राख्नुभएको छ। त्यसमा सरकारको कुनै आपत्ति होइन। यो आन्दोलनले शिक्षकको तल्लो तहको पीडा थाहा पाउने मौका मिल्यो। उहाँहरूका बारेमा हामी थप गम्भीर भएका छौँ। शिक्षकलाई हामीले दु:खी बनाउने कुरै हुँदैन। शुक्रबार बिहान बसेको बैठक सम्भवतः निष्कर्षमै पुग्छ भन्ने लाग्छ। 

शिक्षकको सबैभन्दा ठूलो माग स्थानीय तहमातहत बस्न नचाहनु हो, यो माग पूरा हुन्छ ? 

शिक्षकले हाल १७ प्रकारका माग राख्नुभएको छ। त्यसमा दुईवटा बुँदा अप्ठ्यारा छन्। स्थानीय तहलाई संविधानले नै अधिकार दिएको छ, अब त्यो कटौती कसरी गर्ने ? त्यसैले अहिलेलाई शिक्षक स्थानीय तहमातहत नै बस्नुको विकल्प छैन जस्तो लाग्छ। यदि यसमै अड्कियौँ भने वार्ता लम्बिँदै जान पनि सक्छ। अर्को कुरा पेन्सनको हो। शिक्षकको मात्रै पेन्सन र तलब वृद्धि गर्दा अरूको चाहिँ के गर्ने ? त्यसकारण यो बुँदा पनि पूरा गर्न कठिन हुन्छ। कानुन बाझिने गरी हामीले कानुन बनाउन मिल्दैन। अरू धेरै माग पूरा हुन सक्छन्।

विद्यालय बन्द हुँदा विद्यार्थी र अभिभावकमा परेको असरको जिम्मेवारी कसले लिन्छ ? 

सरकारले नै लिन्छ। हामीले समाधान छिटो खोज्ने प्रयास गरिरहेका छौँ। बिहीबार तीनपटक वार्ता भए। ती सबै वार्ता सकारात्मक भएका छन्। अब शुक्रबार कुरा मिल्छ भन्ने लागिरहेको छ। हामीले गर्न सक्ने सीमा शिक्षकलाई बताएका छौँ। संविधानले मान्ने र अर्थतन्त्रले धान्ने माग पूरा हुन्छन्। तर, त्यसबाहेकका माग पूरा गर्न सक्दैनौँ भनिसकेका छौँ। उहाँहरू पनि सकारात्मक नै देखिनुभएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रमिक धेरै रहेका मुलुकमा ‘सेल्टर हाउस’ स्थापना गर्न एनआरएनए उपाध्यक्ष खगेन्द्र न्यौपानेको आग्रह एनआरएनएमा विभाजन अन्त्य भएको घोषणा, अब नागरिकता र दोस्रो पुस्तामा केन्द्रित हुने जनताको चाहना अनुसार हामीले पार्टीलाई परिमार्जित गर्दै लैजानुपर्छ : शशांक कोइराला भ्रष्टाचारको आरोपितलाई हुल बाँधेर, बर्दी लगाएर, समिति–समितिमा गएर प्रवचन दिने छुट छैन: खगेन्द्र सुनार निर्वाचनपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली भारतको स्वतन्त्रता दिवसमा प्रधानमन्त्री बालेनको शुभकामना, नेपाल–भारत सम्बन्ध थप सुदृढ हुने विश्वास गगन थापा नै कांग्रेसका आधिकारिक सभापति, वैधानिकतामा भ्रम नपर्नुस् : विश्वप्रकाश शर्मा जेनजी विद्रोहपछि पुराना शक्ति जुर्मुराउनु र नयाँ शक्ति अल्मलिनु विडम्बनापूर्ण : बाबुराम भट्टराई विशेष महाधिवेशनको पक्षमा थिइनँ, सर्वोच्चबाट न्याय पाउने विश्वास छ : देउवा नुवाकोटमा अनियन्त्रित बसले भ्यानलाई ठक्कर दिँदा दुईको मृत्यु, तीन घाइते गाडी पार्किङ विवादमा धारिलो हतियार प्रहार हुँदा ४ जना घाइते परराष्ट्रमन्त्रीद्वारा भारतको ८०औँ स्वतन्त्रता दिवसको शुभकामना रोल्पाको कोटलबारा पहिरोमा मृत्यु हुनेको संख्या ११ पुग्यो कांग्रेसको राष्ट्रिय भेला आज पनि जारी हाम्रो युवा नेता हुन् गगन भाइ, सभापति भन्न मन लागेको छैन: कृष्ण सिटौला देउवाकै नेतृत्वमा कांग्रेस एकता सम्भव छ: प्रकाशशरण महत गगन थापाबाट कांग्रेस पार लाग्दैन, पार्टी धरासायी भयो : मोहन बस्नेत देउवाको नेतृत्वमा कांग्रेस एकढिक्का हुन्छ: रमेश लेखक कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने सेयर बजारमा ७ अंकको गिरावट