2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारको लागि स्वास्थ्य परीक्षण गराउने यी ३५ संस्थाको अनुमति खारेज (सुचि सहित)

असोज २३, काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने ३५ वटा स्वास्थ्य संस्थाको अनुमति खारेज भएको छ । धरौटी वापतको रकम नतिरेपछि सरकारले सूचीकरण खारेज गरिदिएका स्वास्थ्य संस्थाहरुमा नेपालकै चल्तीका अस्पतालहरुसमेत परेका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार नियमावलीमा स्वास्थ्य परीक्षण गर्ने संस्थाले पाँच लाख रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था गरेको छ। नियम लागू हुनुअघि नै सूचीकरण भएका संस्थालाई थप दुई लाख रुपैयाँ धरौटी बुझाउन तीन महिनाको समय दिइएको थियो।

त्यसबमोजिम थप रकम धरौटी नबुझाउने ३५ वटा स्वास्थ्य संस्थाको सूचीकरण मन्त्रिस्तरीय निर्णयबाट खारेज गरिएको मन्त्रालयले जनाएको छ।

सूचीकरण खारेज हुनेमा काठमाडौंका चल्तीका अस्पतालहरु समेत परेका छन्। जसमा ओम हस्पिटल एण्ड रिसर्च सेन्टर (चाबहिल), अन्नपूर्ण न्युरो अस्पताल (माइतीघर),  नेपाल ग्रीन सिटी अस्पताल (धापासी), भेनस अस्पताल (मध्यबानेश्वर), मेघा अस्पताल (सानेपा), नोबेल हस्पिटल (सिनामंगल), किष्ट मेडिकल कलेज (इमाडोल), सिद्धि पोलिक्लिनिक (ज्ञानेश्वर) र जनस्वास्थ्य केन्द्र (बालाजु) लगायतका  स्वास्थ्य संस्थाहरु छन्। यस्तै, चितवन मेडिकल कलेज (चितवन) पनि सूचीकरण खारेज हुनेमा परेको छ ।

खारेजीमा परेका स्वास्थ्य संस्थालाई पहिले नै जम्मा गरिसकेको धरौटीको रकम फिर्ता लैजान पनि मन्त्रालयले सूचीत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ