२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा कोभिड १९ सङ्क्रमितको संख्या सत्तरी लाख नाघ्यो

२०७७, २५ आश्विन आईतवार १३:१३

असोज २५, नयाँ दिल्ली (रासस /सिन्ह्वा) । भारतमा आइतबार कोरोना भाइरस ९कोभिड १९० सङ्क्रमितको संख्या ७० लाख नाघेको छ । साथै कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउने व्यक्तिको संख्या १ लाख ८ हजार ३३४ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ  ।

भारतमा गत २४ घण्टामा ७४ हजार ३८३ जनामा थप सङ्क्रमण देखिएको र कोरोना सङ्क्रमणको कारण ९१८ जनाको मृत्यु भएको छ । गत १३ दिन अर्थात सेप्टेम्बर १८ बाट अक्टोबर २८ सम्म कोभिड १९ सङ्क्रमितको संख्या दश लाख बढेको पनि समाचारमा जनाइएको छ । 

अझै पनि भारतभरी ८ लाख ६७ हजार ४६९ व्यक्ति संक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाको सङ्क्रमण देखा परेयता हालसम्म ६० लाख ७७ हजार ९७६ सङ्क्रमित व्यक्तिहरु कोरोना भाइरस मुक्त भएका छन । 

कोरोनाको सङ्क्रमण देखा परेयता भारतमा ८ करोड ६८ लाख ७७ हजार २४२ व्यक्तिलाई कोरोना भाइरस भएको या नभएको परिक्षण गरिएको भारतीय मेडिकल रिसर्च काउन्सिल (आइसीएमआर) ले जानकारी दिएको छ ।

शनिबार एकै दिनमा पनि १० लाख ७८ हजार ५४४ व्यक्तिको कोरोना भाइरस सङ्क्रमण परिक्षण गरिएको पनि  आइसीएमआरले जानकारी दिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ