२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इरानमा कोभिड–१९ का कारण एकै दिनमा अहिलेसम्मकै सबैभन्दा बढी व्यक्तिको मृत्यु

२०७७, २५ आश्विन आईतवार १४:४४

असोज २५, तेहरान | इरानमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि एकै दिनमा अहिलेसम्मकै सबैभन्दा बढी २५१ सङ्क्रमितको मृत्यु भएको इरानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका प्रवक्ता सिमा सादत लारीले विगत २४ घण्टामा मृत्यु हुने कोभिड–१९ सङ्क्रमितको सङ्ख्या २५१ पुगेको र योसँगै अहिलेसम्म कूल २८ हजार ५४४ सङ्क्रमितको मृत्यु भएको बताउनुभयो ।

आइतबार अधिकारीहरूले दिएको तथ्याङ्कमा विगत २४ घण्टामा सङ्क्रमितको सङ्ख्या तीन हजार ८२२ रहेको र अहिलेसम्म कूल पाँच लाख ७५ जना सङ्क्रमित भएको उल्लेख छ ।

इरानमा अहिलेसम्म निको हुने व्यक्तिको सङ्ख्या चार लाख छ हजारभन्दा बढी रहेको र चार हजार ४८२ जना सघन उपचार कक्षमा भर्ना भई चिकित्सकबाट उपचार सेवा लिइरहेको बताइएको छ ।

हाल इरानका ३१ प्रान्तमध्ये २६ प्रान्तमा कोभिड–१९ सङ्क्रमणले महामारीको रूप लिएको उल्लेख प्रवक्ता लारीले गर्नुभयो ।

इरानमा पहिलो कोभिड–१९ विरामी गत फेब्रुअरी १९ मा पुष्टि भएको थियो । इरान र चीनबीच सङ्क्रमण नियन्त्रणका लागि आपसी सहयोग आदानप्रदान हुँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ