साउन १४, डडेल्धुरा | सनीबार सुदूरपश्चितमा सार्बजनी यातायात  बन्द गरीने भएको छ । काठमाडौंमा दर्ता भई कैलालीको धनगढीदेख"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १४, डडेल्धुरा | सनीबार सुदूरपश्चितमा सार्बजनी यातायात  बन्द गरीने भएको छ । काठमाडौंमा दर्ता भई कैलालीको धनगढीदेख"/>
२१ मंसिर २०८२, शनिबार
डडेलधुरा - DDL

भोली देखि सुदुरपश्चिमभर चक्काजाम

१४ श्रावण २०७३, शुक्रबार ०८:४५

साउन १४, डडेल्धुरा | सनीबार सुदूरपश्चितमा सार्बजनी यातायात  बन्द गरीने भएको छ । काठमाडौंमा दर्ता भई कैलालीको धनगढीदेखि सञ्चालनको तयारी गरिरहेको बडिमालिका यातायात प्रा.लि. र सुदूरपश्चित यातायात व्यवसायी संघ कैलालीबीच गाडी चलाउने विषयमा विवाद भएपछि उत्पन्न परिस्थितिलाई नियन्त्रण लिन प्रहरीले लाठी चार्ज गरेको छ । लाठी चार्जबाट करिब आधा दर्जन गाडी मजदुर घाइते भएका छन । 

उनीहरूको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । शुक्रबार धनगढीबाट काठमाडौँका लागि छुटेको बडिमालिका यातायातलाई सुदूरपश्मि यातायातका सदस्य र मजदुरहरूले संघको कार्यालय अगाडि चटकपुरमा अवरोध सिर्जना गरेका थिए । अवरोध हटाउन पुगेको प्रहरीमाथि ढुंगामुढा भएपछि प्रहरीले लाठी चार्ज गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताएका छन । उनले सुदूरपश्चिम यातायात व्यवसायीका पाँच जना व्यक्तिलाई नियन्त्रणमा लिएको बताएका छन । विगत लामो समयदेखि यातायात व्यवसायीहरूबीच रहँदै आएको विवादले झडपको रुप लिएको हो । काठमाडौंमा बडिमालिका यातायात प्रा.लि.को नामले दर्ता भएको सो बस धनगढीदेखि चल्न पाउनुपर्ने माग राख्दै बडिमालिकाले सुरक्षाको लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराएको बताएको छ । उता सुदूरपश्चिम यातायात व्यवसायी संघले प्रालीमा दर्ता भएको बडिमालिकाको रुट इजाजत पत्र प्रा.लि.मा दर्ता हुनुअगावैको रहेको र प्रा.लि.को नाममा बस हुनुपर्ने प्रावधान रहे पनि त्यसो नपाइएकोले अवरोध गरेको सुदूरपश्चिम यातायात व्यवसायी संघका अध्यक्ष टेकराज जोशीले जानकारी दिएका छन । 

उनले पुराना गाडीलाई पेन्टिङ गरेर नयाँजस्तो देखाएर चलाउन खोजेको आरोप लगाउँदै पुराना र थोत्रा गाडी लामो रुटमा चल्दा जोखिम बढी हुने भन्दै बडिमालिकाले यात्रुुलाई समेत ठगिरहेको आरोप लगाए । कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले दुबै समितिका पदाधिकारीहरुसँग छलफल चलाइए पनि कुनै निष्कर्ष ननिस्किएको बताएका छन । गाडी सञ्चालनको विषयमा भएको विवाद र प्रहरीले दमन गरेको भन्दै सुदूरपश्चि यातायात व्यवसायी संघ र कर्णाली यातायात व्यवसायी समितिले शनिबारदेखि अनिश्चिकालीत यातायात बन्दको घोषणा गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य