2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोभिड –१९ ले सञ्चार क्षेत्रमा परेको प्रभावबारे सुझाव दिन अनुरोध

असोज २७, काठमाडौं । कोभिड –१९ ले सञ्चार क्षेत्रमा परेको समग्र प्रभाव अध्ययनका लागि गठित उच्चस्तरीय अध्ययन समितिको सचिवालयले आफ्ना राय, परामर्श, सुझाव एवं प्रतिक्रिया यही असोज मसान्तभित्र पठाई सहयोग गर्न सञ्चारमाध्यमलाई अनुरोध गरेको छ ।

गत साउन २६ गतेको  निर्णयानुसार आमसञ्चारमाध्यमहरुको विद्यमान अवस्था,  प्रभाव विश्लेषण, सम्भावित परिणाम, श्रमजीवी पत्रकार कर्मचारी व्यवस्थापनमा परेको प्रभाव, क्षति न्यूनीकरणमा गरिएको प्रयास, सरकारका तर्फबाट निर्वाह गरिनुपर्ने भूमिका एवं कोभिड –१९ ले सिर्जना गरेको थप सम्भावित चुनौतीका सम्बन्धमा  अध्ययन गरी प्रतिवेदन पेश गर्न श्रमजीवी पत्रकार न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालका संयोजकत्वमा सो समिति गठन गरिएको थियो ।  

राज्यनियन्त्रित सञ्चारमाध्यम राष्ट्रिय समाचार समिति, गोरखापत्र संस्थान, रेडियो नेपाल र नेपाल टेलिभिजनका हकमा यही असोज २५ गते पत्र पठाई  असोज मसान्तसम्म रायपरामर्श दिन भनिएको छ । समितिको सचिवालय सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रेस तथा सूचना समन्वय शाखा तोकिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ