2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मङ्सिरदेखि सवारी चालक अनुमतिपत्र वितरण गरिने

असोज २७, मकवानपुर (रासस) । वागमती प्रदेश यातायात सेवा कार्यालयले आगामी मङ्सिरको पहिलो हप्ताभित्र हेटौंडाबाटै सवारी चालकको नयाँ अनुमति पत्र (स्मार्टकार्ड) विवरण गर्ने तयारी भइरहेको जनाइएको छ ।

कार्यालयका अनुसार अब वागमती प्रदेशको राजधानी हेटौंडाबाटै नियमित स्मार्ट कार्ड वितरण हुने भौतिक पूर्वाधार तथा विकास मन्त्रालयका प्रवक्ता नवीन सिंहले जानकारी दिनुभयो । 

प्रदेश यातायात सेवा कार्यालयले साउनको पहिलो हप्तादेखि असोज २२ गते अपराह्नसम्ममा विभिन्न जिल्लाको गरी सवारी चालकको पुरानो र नयाँ गरी १२ हजार ५४५ वटा अनुमति पत्र (स्मार्टकार्ड) सेवाग्राहीलाई वितरण गरिएको सो कार्यालयका प्रमुख भक्तबहादुर थापाले जानकारी दिनुभयो ।

सङ्घीय सरकारद्वारा कोभिड–१९ को सङ्क्रमणको अवस्थामा बन्दाबन्दी र निषेधाज्ञाको कारणबाट यातायात सवारी साधनको दर्ता, नवीकरण, जाँचपास गर्ने क्रम अवरुद्ध हुँदा जरिवाना लाग्ने जरिवाना बागमती प्रदेश सरकारले अगामी कात्तिक मसान्तसम्म म्याद थप गरी छुट गर्ने निर्णय गरेको प्रदेश यातायात सेवा कार्यालयका प्रमुख भक्तबहादुर थापाले बताउनुभयो ।

प्रदेशको उपत्याकाबाहेक १० जिल्लाका यातायात व्यवसायीहरुको साथै निजी सवारीसाधन प्रयोगकर्ताहरुलाई दैनिक सेवा प्रवाह गर्न आवश्यक कर्मचारी जनशक्तिको अभाव रहेकाले तुरुन्तै सेवा दिन समस्या भएको उहाँको भनाइ थियो । 

कार्यालयको पूर्ण क्षमताअनुसार कामकाज गर्न थप ४२ जना कर्मचारीको दरबन्दी उपलब्ध गराउन वागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयमा माग गरिएको र आवश्यक प्रक्रिया शुरु भइरहेको पनि उहाँले उल्लेख गर्नुभयो । गत भदौ १५ गतेसम्ममा कूल १० हजार २९४ वटा स्मार्ट कार्ड छपाइ गरी ल्याइसकेको कार्यालयले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ