३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कामपाले दियो ‘मेयर्स रिसर्च फेलोसिप’

१ कार्तिक २०७७, शनिबार ०३:३४

कात्तिक १, काठमाडौँ | विभिन्न फरक फरक विधामा अध्ययन अनुसन्धान गर्नका लागि काठमाडौँ महानगरपालिकाले १० जनालाई ‘मेयर्स रिसर्च फेलोसिप’ प्रदान गरेको छ । 

कामपा सहरी योजना आयोगले नीति–निर्माण तहमै अनुसन्धानको संस्कृति बसाल्ने र त्यसलाई कार्यान्वयन तहमा लैजाने उद्देश्यसहित पहिलो चरणमा १० जनालाई ‘मेयर्स रिसर्च फेलोसिप’ प्रदान गरेको हो । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आगामी नीति तथा कार्यक्रममा समावेश गरी कार्यान्वय चरणमा लैजान सहज हुने गरी व्यावहारिक पक्षलाई समेत ध्यानमा राखेर अनुसन्धान तयार पार्न अनुसन्धान कर्तालाई सुझाव दिनुभएको छ । अनुसन्धानका लागि कामपाले प्रत्येक विधामा एक लाख ५० हजार दिने पनि सम्झौतामा उल्लेख गरिएको छ ।  

अनुसन्धानको पहिलो चरणमा कामपाभित्र रहेका विद्यालयमा गैरसङ्क्रामक रोगसम्बन्धी जोखिम र स्वास्थ्य जीवनशैलीसम्बन्धी नीति अध्ययन, पैदल यात्रीका कारण स्थानीय अर्थतन्त्र र जीविकामा परेको प्रभाव रहेको छ । त्यसैगरी काठमाडौँको ठमेल क्षेत्रको अध्ययन, काठमाडौँ उपत्यकाभित्र जोखिम न्यूनीकरण गर्नका लागि पूर्वाधार म्यापिङसम्बन्धी अध्ययन, उपत्यका भित्रको वायु गुणस्तर रहेको छ । 

वायु प्रदूषण संयन्त्रसम्बन्धी विश्लेषण अध्ययन, काठमाडौँका सामुदायिक विद्यालयका महिला प्राध्यापकको अनुभवको मात्रात्मक अध्ययन छनोटमा परेको छ ।  

त्यसैगरी पहिलो चरणमै विश्व जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि काठमाडौँ उपत्यका रिङरोड क्षेत्रको वायोमास र कर्बोन स्टक सम्भाव्यता वृक्षारोपणसम्बन्धी अध्ययन छ । कामपाको ज्येष्ठ नागरिकको जीवनको गुणस्तरसम्बन्धी कानून, नीति र प्रमाणसम्बन्धी अध्ययन, क्षेत्र भित्रको नेवार समुदायमा रहेको गरिबी र सम्भावित निवारणका पद्धतिसम्बन्धी अध्ययन पनि छनोट भएका छन् । त्यस्तै काठमाडौँ विकास व्यवस्थापन (योजना तर्जुमा देखि कार्यान्वयनसम्म) मा सञ्चारको भूमिका र प्रभावकारिता अभिवृद्धिसम्बन्धी अनुसन्धान प्रस्तावना पनि छनोटमा परेको छ । उल्लेखीत १० विधामा अनुसन्धानका लागि क्रमश प्रतीक खनाल, कृति प्रधान, सुरज गौतम, राजीव पोखरेल, सम्राट बस्याल, नवीनराज जोशी, कृपा सिग्देल, मनिष मान श्रेष्ठ, रवीन्द्र के सुवाल र गोपी कृष्ण ढुङ्गाना रहनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली